Techie IT
बुधबार, असार १८,२०८२

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ


संखुवासभा : खाँदबारी नगरपालिका घर भएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा २६ बर्षीय युवक खाँदबारीबाट समातिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

उक्त किशोरी र पीडकबीच मामाभान्जीको सम्बन्ध रहेको प्रहरीले जनाएको छ । ती युवाले पटक पटक किशोरीलाई जबर्जस्तीकरणी गर्दै आएको खुलेको छ ।

साल्पासिलिछो गाउँपालिका मामाघर गएको अवस्थामा ती युवाले पटक पटक जबरजस्ती करणी गरेको पीडितका आफन्तले उजुरी दिएको प्रहरी निरीक्षक राईले बताउनुभयो । खाँदबारीबाट पक्राउ परेका उनलाई बिहीबार नै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको राईले बताउनुभयो । ती किशोरीको ५ महिनाको गर्भसमेत रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545