Techie IT
शनिबार, मंसीर २२,२०८१

एसकाज वेबिनारः ‘संखुवासभाका स्थानीय तहले कोरोना केन्द्रीत बजेट ल्याउने’


संखुवासभाका स्थानीय सरकारहरुले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि आफ्नो आन्तरिक स्रोतलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने भएका छन् । अहिले सम्म जिल्लामा कोरोनाको संक्रमणको नियन्त्रणको प्रयास ठिकै ढंगले अघि बढीरहेको उल्लेख गर्दै उनीहरुले आउने दिनमा अझै व्यवस्थित ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘संखुवा सभा– काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाजं) ले मंगलबार आयोजना गरेको ‘कोरोना कहरः संखुवासभाका स्थानीय तहको भूमिका र योजना’ बिषययक वेबिनारमा बोल्दै स्थनीय तहका प्रमुखहरुले स्थानीय सरकारको आउदो बजेट पनि कोरोना केन्द्रित बनाउने जानकारी दिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले कोरोना नियन्त्रणका लागि जिल्लामा भएका प्रयासबारे जानकारी दिएका थिए । उनले जिल्लामा नै कोरोनाको पिसिआर परिक्षणको व्यवस्था मिलाउने पहल भइरहेको जनाकारी दिए । उनले माथिल्लो राजनीतिक नेतृत्वले त्यसका लागि पहल गरिरहेको उल्लेख गर्दै यदी त्यो परिक्षण गर्ने व्यवस्था मिले जिल्ला समन्वय समितिले आफनो भवनको हल परिक्षण स्थलको रुपमा उपलब्ध गराउने बताए । जिल्लामा सञ्चालित अरुण तेस्रो जलविद्युत् आयोजनाले जिल्ला अस्पताललाई ९० लाख बरारबारको भेन्टिलेटर सहितको स्वास्थ्य सहयोग भर्खरै गरेको र पिसिआर मेसिन पनि दिने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।
चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले स्थानीय तहको सरकारको रुपमा अहिले आफूहरुले उपस्थिति जनाइरहेको बताए । स्थानीय जनप्रतिनिधि र सुरक्षा निकाय प्रतिनिधिले अहिले राम्ररी काम गरिरहेको उल्लेख गर्दै उनले २०७२ को संविधानले ल्याएको सिंहदरबारको अधिकारको पुनःपुष्टी गरेको बताए । ‘कोरोनाका कारणले नेपालको ठूलो अर्थतन्त्र नोक्सान भएको छ । विदेशबाट आउने रेमिट्यान्स रोकिएको छ नेपाली फर्कन लालायित छन्’ उनले भने । विदेशमा रहेकाहरुलाई आफ्नो भूमिमा ल्याउनका लािग प्रदेश र केन्द्र सरकारले काम गर्ने तर यो व्यव्स्थापनमा केही समस्या भने रहेको उनले बताए । उनले कोरोनाको आरडिटी परिक्षण भरपर्दो नभएकाले प्रत्येक जिल्लामा पिसिआर परिक्षणको व्यवस्था हुनुपर्ने बताए । ‘पिसिआरको टेस्ट प्रत्येक जिल्लामा हुनुपर्छ । अनिमात्र ठूलो सेवा दिन सकेको हुन्छ’ उनले भने । उनले चैनपुर नगरपालिकाले आउदो बर्षका लागि कोरोना प्रँथमिकताको बजेट ल्याउने जानकारी दिए । ‘बजेटमा कृषिलाई प्राथमिकता राखेर जानुपर्छ’ उनले भने,‘ राहतको बदलामा रोजगारी दिने कुरामा हामी जान्छौ ।’
मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले सचेतनाका काम व्यापक रुपमा गरेको बताए । बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेको उनले जानकारी दिए । नगरपालिकामा कोरोनाबाट संक्रमित अहिलेसम्म नदेखिएको उल्लेख गर्दै उनले कोरोनाको उपचार अस्पताल र घरमा पनि एउटै खालको हुने भएकाले मासिहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी नियम बनाउने जानकारी दिए । उनले यो विपत्तिले विकास गर्ने र आफ्ना सरसफाईको बानी व्योहारामा पनि परिवर्तन ल्याएकाले यसलाई सकारात्मक रुपमा हेर्नुपर्ने बताए ।
‘सरसरफाई महत्वपूर्ण रहेछ । समाजलाई आफै अनुशासनमा बस्ने कुरा पनि सिकाएको छ’ उनले भने । उनले अब समस्यामा परेकाहरुलाई राहतको कामर्यक्रम अघि बढाउउने जानकारी दिए ।
धर्मदेवि नगरपालिकाका मेयर रमेशकुमार जिमीले कोरोना संकटको व्यवास्पापनका लागि नगरपालिकाले सक्दो काम गरिरहेको बताए । उनले अहिले नगरभित्र १६ जना क्वारेन्टाइनमा रहेको जानकारी दिदै जिल्ला छिर्नेलाई चरावटा नगरपालिकाले व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाएको जानकारी दिए । उनले धेरै मानिसहर अब बाहिरबाट आउने भएकाले उनीहरुलाई लक्षित गरेर कृषिमा आधारित बजेट ल्याउने जानकारी दिए ।
सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर राईले कोरोना व्यवस्थापनाका लागि धेरै निर्णय गरेर कार्यान्वयन गरिरहेको जानकारी दिए । गाउँपालिकामा ५ वटा हेल्थ डेक्स राखेक राखिएको बताए । ‘गाउँमा कोरोना भाइरस फैलन नदिने अनिवार्य सोधीखोजी गरेर अनिवार्य क्वारेन्टाइनमा राख्ने व्वस्था गरेका छौ’ उनले भने,‘सबै वडामा सक्रिय रुपमा काम गरेका छौ । विभिन्न ठाउँमा फसेकाहरुलाई स्थानीय सरकारले समन्वय गरेर गाउँपालिकामा फर्काउने व्यवस्थामा पनि जुटिरहेको उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवा सभा शाखाका अध्यक्ष इन्द्र गिरीले संखुवा सभामा अहिले राम्रो काम भइरहेको बताए । तर दैनिक ज्यालादारी कामबाट बाच्ने मानिसहरु चाही धेरै समस्यामा रहेकोले यसतर्फ सबै तहका सरकारको ध्यान जानुपर्ने बताए । त्यस्तै राज्यले दिएको सहयोगको पनि सही सदूपयोग हुनुपर्ने उनको धारणा थियो ।
झण्डै दुई घण्टा सम्म चलेको वेबिनारमा स्वदेश र विदेशमा रहेका जिल्लाका विभिन्न व्यक्तिहरु, पत्रकारहरुको सहभागिता थियो । स्थानीय तहका प्रमुखहरुसंग पत्रकारहरुले जिज्ञाशा राखेका थिए । यसअघि जिल्लाका विभिन्न क्षेत्रका व्यक्ति र सांसदहरुसंग एसकाजले वेबिनार गरेको थियो । वेबिनारको यो दोस्रो श्रृंखला हो । यही बिषयमा केन्द्रित रहेर अरु केही श्रृंखलाको छलफल चलाईने एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए । उनका अनुसार कोरोना कारण जिल्लामा सिर्जित समस्याहरुप्रति जिम्मेवार निकायको ध्यानाकर्षण र उनीहरुको कामलाई जवाफदेही बनाउन एसकाजले वेविनार गरेको हो ।
जिल्लासंग सम्बन्धित कुनै पनि बिषयमा बौद्धिक, समाजिक बहस छलफल गराउने फोरमको रुपम एसकाजले विगत देखि नै काम गर्दै आएको छ । कोरोनाको संकटका बेलामा पनि प्रविधिको प्रयोग गर्दै एसकाजले स्वदेशदेखि विदेशमा रहेकाहरुलाई एउटै मञ्चमा भेला पारेको हो । यस्ता बहस छलफलका लागि एसकाजले आगामी दिनमा पनि नेतृत्व र सहजीकरण गर्ने अध्यक्ष गौतमले जानकारी दिए ।

क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
10°
Mist
6:41 am5:10 pm +0545