चन्द्रागिरिमा जेसिबी डोजर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं ,जेष्ठ २३।
चन्द्रागिरि नगरपालिकामा जेसिबी डोजर दुर्घटना हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ। बिहीबार बिहान पौने १० बजे मकवानपुरको गणेशमान सिंह लोकमार्ग हुँदै थानकोट तर्फ जादै गरेको ना १ क ७२९३ नम्बरको जेसिबी चन्द्रगिरी नगरपालिका–४ सेते पहरामा दुर्घटना भएको थियो।
प्रोगेसिभ कन्सट्रक्सन प्रालिको जेसिबी सडकबाट २५० मिटर तल खसेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।दुर्घटनामा मकवानपुर थाहा नगरपालिका ०४ का ३३ वर्षीय चालक पुर्णध्वज केसी र सहयोगी २७ वर्षीय अनिल दिसुवा घाइते भएका थिए।
उनीहरूको तत्काल उद्दार गरी उपचारको लागि नेशनल ट्रमा सेन्टर अस्पताल लगिएको थियो। चालक केसीको उपचारको क्रममा बिहीबार राति पौने १२ बजे मृत्यु भएको वृत्तले जनाएको छ। साथै सहयोगी दिसुवाको अवस्था भने सामान्य छ।
कपन अनलाइन
क्याटेगोरी : समाचार
ट्याग : #जेसिबी डोजर दुर्घटना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्