Techie IT
मंगलबार, माघ २९,२०८१

कोरोना संक्रमणबाट काठमाडौं मेडिकल कलेजमा अपरेसन गरिएको बिरामीको मृत्यु


२१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।

मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । र, रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार  मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बिरामीको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Clear
6:42 am5:53 pm +0545