रुकुम घटनामा बेपत्ता भएकाको शव १० दिनपछि भेटियो, मृतकको संख्या ६ पुग्यो

रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका अर्का एक जनाकाे शव भेटिएकाे छ । याेसँगै बेपत्ता भएका ६ जनाकै शव भेटिएकाे हाे ।
बेपत्ता भएका भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव मङ्गलबार दिउँसो भेटिएकाे हाे । शाहीको शव जाजरकोटको भेरी नगरपालिका १२ को खोदा खोलानजिक भेटिएको उनका आफन्तले बताएका छन् । भेरी नगरपालिका ४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला घटना भएको थियो ।
१७ वर्षीया मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेहरुले आक्रमण गरेर उनीहरुको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने साेतीका स्थानीयले भने त्यसरी आक्रमण नगरेकाे बताएका छन् ।
गाउँमा हुल बाँधेर खराब नियतका साथ आएकाहरुलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरुले बताएका छन् । मृतकका आफन्तले भने गाउँलेले ढुङ्गामुढाले हानेर मारेको आरोप लगाएका छन् ।
यस घटनामा भेरी नगरपालिका ४ का नवराज विकको शव घटनाकै दिन शनिबार राति भेरी नदीकाे किनारमा भेटिएको थियो । आइतबार उनीसँगै गएका चौरजहारी नगरपालिका १ का २० वर्षीय टीकाराम विकको शव घटनास्थलबाट झण्डै २५ किलोमिटर तल जाजरकोटको भेरी नगरपालिका १२ को खोदा खोला नजिक भेटिएको थियो ।
सोमबार भेरी नगरपालिका ४ का २१ वर्षीय गणेश बुढाको पनि शव भेटिएको थियो । उनको शव पनि टिकारामको शव भेटिएको ठाउँ नजिकै भेटिएको थियाे । त्यसैगरी भेरी नगरपालिका ११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको थियो । उनको शव चौरजहारी १ को चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको थियो ।
आज बेपत्ता रहेका १७ वर्षीय गोविन्द शाहीको शव टीकाराम र गणेश बुढाको शव भेटिएकै ठाउँ नजिक भेटिएको हो । मृतकका आफन्तजनले घटनामा संलग्न २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । १८ जनालाई पक्राउ गरेर रुकुम पश्चिम प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्