स्वर्गिय राजा वीरेन्द्रको स्मृतिमा प्रतिष्ठानबाट दिप प्रज्वलन

ललितपुर, १९ जेठ – स्वर्गिय राजा वीरेन्द्रको स्मृतिमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले दिप प्रज्जवलन गरेको छ । प्रतिष्ठानले सोमबार जेठ १९ गते स्व. राजा वीरेन्द्रको स्मृति दिवसको सन्दर्भमा दिप प्रज्जवलन गरेको हो ।
प्रतिष्ठानले जावलाखेल स्थित स्व राजा वीरेन्द्रको शालिक स्थलमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको थियो ।
सो दिप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल र शुभेच्छुकहरुले उपस्थिती जनाएका थिए ।
दिप प्रज्वलनसंगै उनीहरुले ‘स्व राजा वीरेन्द्र अमर रहुन’ भन्ने लगायतका नारा लगाउदै शालिकको परिक्रमा गरेका थिए भने उनको आत्माको चीर शान्तीको कामना समेत गरेका थिए ।
दिप प्रज्वलन कार्यक्रम पस्चात प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै स्वर्गिय राजा वीरेन्द्र मृदु, शालिन, शान्तिप्रेमी, विकासप्रेमी र जनप्रेमी राजा रहेको उल्लेख गर्दै उनी दोस्रो गौतम बुद्ध रहेको प्रतिकृया दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #दिप प्रज्वलन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्