सहुलियतको मलखाद व्यापारीका हातमा

२० जेठ २०७७, मंगलबार । बीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सोमबार आकस्मिक रुपमा मलखाद गोदामको निरीक्षण गर्नुभएको छ । अवलोकनपछि मन्त्री पौडेलले सहकारीले पारदर्शी ढंगले वितरण नगरेको देखिएकाले अबका दिनमा कडाइ गरिने बताउनुभयो ।
मन्त्री पौडेलले कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भैरहवाको गोदाम तथा कार्यालयमार्फत वितरण गरिएको मलखादको तथ्यांक जाँच गर्दै भन्नुभयो, “ग्रामीण क्षेत्रका किसान संलग्न सहकारीले भन्दा बजारका बचत सहकारीले धेरै मलखाद लगेको देखिएको छ । यसो हुनुहुँदैन ।” सहकारीले वडाध्यक्षका सिफारिसमा बिक्री केन्द्रका नाममा मलखाद ल्याउने र बेच्ने गरेका छन् ।
यसबाट सहुलियतको मलखाद व्यापारीको हातमा पुगेको देखिन्छ । कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यलयका प्रमुख अजय श्रीवास्तवले वडाध्यक्षले सिफारिस गरेका आधारमा विगतका वर्र्षदेखि नै मलखाद दिने गरिएको बताउनुभयो ।
श्रीवास्तवका अनुसार बन्दाबन्दीका कारण भारतको बन्दरगाहमा मलखाद आएर रोकिएकाले समस्या देखिएको हो । किसानका लागि मलखादको प्रबन्ध मिलाउने जिम्मेवारी नेपाल सरकारले कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडलाई दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सहुलियतको मलखाद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्