लकडाउनका सारथी विद्यार्थी नेता डिवी साउँद

१५ जेठ । अनेरास्ववियूका नेता डिवी साउँद लकडाउनका वेला विद्यार्थीको दुःखसुखको सारथी बनेका छन् । उनले विद्यार्थीलाई राहतको व्यवस्था गर्नुको साथै घरसम्म पुर्याउनेमा दिनरात खटिरहेका छन् । सुखको वेला जसले पनि सहयोग गर्दछ तर दुःखको वेला नै सहयोग गर्ने मनोभावका साथ साउँद यतिवेला विद्यार्थीलाई घर फर्काउने अभियानमा लागेका छन् ।
लकडाउनसंगै काठमाडौमा डेरा गरी बस्ने विद्यार्थीलाई उनले दिनहँु घरसम्म जाने व्यवस्था गर्दै आइरहेका छन । उनले विद्यार्थीको आर्थिक अवस्था बुझेर घरसम्म जाने भाडा समेत तिर्दै आइरहेका छन । २०५८ सालदेखि विद्यार्थी राजनीतिक गरेका साउँद तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी)का निर्वाचित केन्द्रीय सचिव समेत हुन् ।
उनले अहिले दैनिक सुदूरपश्चिम प्रदेशमा विद्यार्थीलाई बस मगाएर पठाइरहेका छन । “यस्तो लकडाउनका वेला यहाँ विद्यार्थीलाई खाना बस्नको समस्या रहेको छ, ” उनले भने, “त्यही भएर सके स्थानीय तहसंग समन्वय नसके आफैले बस मगाएर विद्यार्थीलाई घरसम्म पठाइरहेको छु ।” उनले यतिवेला विद्यार्थीलाई कुनै आस्थाको नभई जुनुसुकै संगठनको भएपनि सहयोग गर्दै आइरहेका छन ।
अहिले दैनिक दुई वटा गाडी सुदूरपश्चिमका जिल्लामा विद्यार्थीलाई गाडी रिजर्व गरेर पठाइरहेका छन । उनका अनुसार अहिलेसम्म करिव एक हजार विद्यार्थीलाई घर पठाएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #डिवी साउँद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्