खड्का र घिमिरेले दिए खाँदबारी नगरपालिकालाई ६० बोरा चामल

युवा व्यवसायी ध्रुब खड्का र सागर घिमिरेले खाँदबारी नगरपालिकालाई ६० बोरा चामल सहयोग गरेका छन् । चामल एक कार्यक्रम बीच नगर प्रमुख मुरारीप्रसाद खतिवडालाई खड्का र घिमिरेले हस्तान्तरण गरे । विपतका वेला नागरिकले पनि सरकारलाई सघाउनु पर्छ भन्दै उनीहरुले ६० बोरा चामल पहिलो चरणमा उपलव्ध गराएका हुन् ।
चामल नगरपालिकाले नगरमा भएका गरिव र असाहायको पहिचान गरेर वितरण गर्नेमा आफूहरु ढुक्क रहेको खड्काले बताए । उनले दोश्रो चरणमा पनि चामल उपलव्ध गराउने बताए । नगर प्रमुख खतिवडाले संकलित चामल नगर भित्र रहेका विपन्न र गरिवलाई उपलव्ध गराउने बताए । खड्का युवा संघ नेपालका संखुवासभा सहसंयोजक समेत हुन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्