गोरखाको सिउरेनीटारस्थित असईको धन्दा : रकम असुल्दै, स्थानीय तर्साउदै
जि.पि.पौडेल
गोरखा, १५ जेठ । ‘सत्य सेवा सुरक्षणम्’ को मूलमन्त्र रहेको नेपाल प्रहरी समयक्रमसंगै आधुनिक र प्रविधिमैत्री बन्दै आएको छ । अपराध नियन्त्रण तथा समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने काममा नेपाल प्रहरीको छवि उच्च छ । ‘मुस्कानसहितको सेवा’ र ‘प्रहरी मेरो साथी’ लगायतका अभियानले प्रहरी र नागरिक बीचको सम्वन्ध एक सिक्काको दुइपाटा जस्तै छ । तर गोरखाको सिउरेनीटारस्थित प्रहरी चौकी घ्याल्चोकका असई मदन आचार्यले सञ्चालन गरेको गतिविधि र उनले नागरिकसंग गर्ने व्यवहारले आम नागरिकमा प्रहरी संगठनप्रति अविश्वास पैदा गरेको छ ।
अपराध नियन्त्रणको कर्तव्य पालना वापत नेपाल सरकारको तलब खाने प्रहरी असई मदन आचार्यले गैरकानुनी काम गर्नेहरुबाट पैसा असुलीको धन्दा बनाएका छन् । असई आचार्यले आफ्नो इलाका भित्र पर्ने त्रिशुली नदीको किनारामा अवैध रुपमा सञ्चालन भइरहेको बालुवा खानीबाट पैसा असुल्ने गरेको एक स्थानीयवासिन्दाले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले–‘कानुन अनुसार नभएको काम बन्द गर्न लाग्नुपर्ने प्रहरी नै त्यही बालुवाखानीवालासंग मिलेको छ । पैसा खान्छ । मैले भनेको भनेर नाम नलेखिदिनुहोला, नत्र मलाई खतरा हुन्छ ।’
त्यति मात्र नभई पृथ्वीराजमार्गको धादिङको बेनिघाट र गोरखा जोड्ने मोटरपुलको नाकामा रहेको प्रहरी चौकी घ्याल्चोकको प्रमुख समेत रहेका असई आचार्यले सामान ढुवानी गर्ने सवारी साधनसंग पनि पैसा उठाउने गरेका छन् । पैसाको लेनदेन मिले छाड्ने नत्र पैसा नदिए दुःख दिने गरेको उक्त रुटमा चल्ने चालकहरुको भनाई छ । लकडाउनको समयमा पालिकाका विभिन्न वडावाट कृषिजन्य सामग्री राजधानी ल्याउदा समेत नाकमा रोकेर रकम माग्ने नदिए रोकिदिने गरेको एक व्यापारीले गुनासो गरे । राजधानीमा खसीको व्यापार गर्दै आएका ति व्यापारीले मागेजति रकम नदिदा रातभर नाकमा रोकिनु परेको जानकारी दिदै भने, ‘प्रहरीले ४ हजार माग्यो मैले किन दिने म दिन्न भनेपछि रातभर खसी ल्याएको गाडी त्यही रोकिदिएर विहान मात्रा छोडे।’
उनको यस्ता गैरकानुनी गतिविधि थाहा पाएर स्थानीय जनप्रतिनिधिले असई मदन आचार्यलाई सुझाव नदिएका पनि होइनन् । उल्टै जनप्रतिनिधि समेतलाई चुनौती दिदै उनले लकडाउनको समयमा गाउँपालिका र वडाले जारि गरेको सवारी पास समेत अमान्य हुने भन्दै सर्वासाधरणलाई दु:ख दिदै आएको समेत ति जनप्रतिनिधिले गण्डकी टाईम्सलाई बताए।
एक स्थानीय शिक्षकका अनुसार उनी धेरै समय बिना बर्दीमै हिड्ने गर्छन् । बालुवा खानी संचालक, व्यापारीसहित केही अवैध काम गरिरहेकाहरुलाई लिएर कहिले बेनिघाट, चरौदी, विशालटार र सलाङघाट लगायतका ठाउँमा मदिरा सेवन गर्दै हिड्छन । अनि स्थानीयलाई भने थर्काउने र धक्याउने गरेका छन् । गत २०७६ पुसबाट असई मदन आचार्य गण्डकी गाउँपालिका वडा नं ८ घ्याल्चोक प्रहरीचौकीका इन्चार्जको रुपमा कार्यरत रहदै आएका छन् ।
अनुसन्धान गरिने गोरखाको एसपी भनाई
घ्याल्चोकमा कार्यरत प्रहरी इन्चार्ज मदन आचार्यको व्यवहारको बारेमा गण्डकी टाईम्सको सम्पर्कमा गोरखाका प्रहरी प्रमुख एसपि ओम प्रसाद अधिकारीले त्यस स्थानका स्थानियहरुको गुनासो आईरहेको बताउदै उचित समयमा निर्णय लिने बताए । इन्चार्ज आचार्य माथी अनुसन्धान भईरहेको बताउदै उनले भने भने, ‘आर्चायको बारेमा गुनासो बढेको छ हामी उचित समयमा निर्णय लिन्छौ, गल्ति गर्ने माथि संगठनले कारवाही गर्छ।’
क्याटेगोरी : समाचार
ट्याग : #गोरखाको सिउरेनीटा
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
- ८मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
तपाईको कमेन्ट लेख्नुहोस्