तारकेश्वर फुटसल प्रतियोगिता सम्पन्न , २२ विद्यालय सहभागी
काठमाडौं । तारकेश्वर नगर प्यावसनको आयोजनामा मंसिर ९ र १० गते फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मंसिर ९ र १० गते तानपा ४ स्थित सेक्रेड हार्टको फुटसल मैदान भएको कार्यक्रममा प्यावसन तारकेश्वरका २२ विद्यालय सअभागी भएका थिए ।
अन्तर विद्यालय अण्डर–१६ फुटसल प्रतियोगिताबाट सेक्रेड हार्ट माध्यमिक विद्यालय प्रथम भएको छ भने द्धितिय पुरस्कार न्यू इराले पाउन सफल भएको छ । तृतिय पुरस्कारका लागि प्रारम्भ वल्र्ड स्कुल र स्प्रीङ भ्यालीको अन्तिम खेलमा स्प्रीङ भ्यालीले जित्न सफल भएको छ ।
अहिलेसम्म प्यावसनले हाजिरीजवाफ प्रतियोगिता, ब्याडमिन्टन प्रतिया्गिता, चित्रकला प्रतियोगिता, अण्डर–१६ फुटसल प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । यहि मंसिर २३ र २४ गते माध्यमिक तह लेभल कक्षा ०–१२ कक्षाका विद्यार्थीबीचको फुटसल प्रतियोगिता हुने प्यावसन तारकेश्वरका उपाध्यक्ष तथा ईसिए प्रमुख गोपाल वुढाथोकीले बताएका थिए ।

बिजेता खेलाडीहरुलाई हौसला बढाउन र पुरस्कार वितरणका लागि तारकेश्वर नगर उपप्रमुख सृर्जना बुर्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सृजना बुर्लाकोटीले संस्थागत विद्यालयले ईसिए र सिसिए कार्यक्रममा सामुदायिक विद्यालयलाई पनि सहभागिता गराएर प्रतिस्पर्धा गर्ने कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेकी छिन् ।
त्यस्तै प्यावसन तारकेश्वर नगर अध्यक्ष धनबहादुर पुनले संस्थागत विद्यालयले अहिले वल्र्डकप सञ्चालन भइरहेको बेला फुटसल कार्यक्रम गरेर विद्यार्थीहरुमा हौसला बढाउनुका साथै भविष्यमा राम्रो खेलाडी उत्पादन गर्न संस्थागत विद्यालय जिम्मेवार भएर अघि बढेको बताएका थिए । पुनले भने अहिले पनि संस्थागत विद्यालयहरुबाट एशिया महादेश स्तरीय हुने खेल प्रतियोगितामा सहभागी गराउन लागिपरेको छ ।
कार्यक्रमको सञ्चालन प्यावसन सचिव नवराज न्यौपानेले गरेका थिए भने कार्यक्रमको संयोजक विद्यालयका प्रिन्सिपल बद्रीनाथ भट्टले तारकेश्वर नगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए ।



क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर फुटसल प्रतियोगिता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्