कर्मचारीको मिलेमतोमा हाइड्रोपावरमा चोरी गर्ने पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले क्ह्लोलासोथार गाउँपालिका– ५ मा रहेको रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्ने सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वैशाख ९ गते १ बजे रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्न लागेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा रत्नचोकस्थित कवाडीमा काम गर्ने ३३ वर्षीय नरेशकुमार साह, भारत घर भई पोखरास्थित कवाडीमा काम गर्ने २२ वर्षीय रुपेश साह,तनहुँ म्याग्दी नगरपालिका– ४ बस्ने ३३ वर्षीय तारा गुरुङ, जिल्ला धादिङ सिद्धलेख गाउँपालिका ५ वस्ने ४८ वर्षीय मनोज भन्ने मंगले घले, जिल्ला तनहुँ भिमाद नगरपालिका २ वस्ने ३० वर्षीय मनोज थापा र जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका ५ वस्ने २४ वर्षीय मनिष पुर्जासहित सात जना रहेका छन् ।
आयोजनाकै सवारी चालक ४६ वर्षीय आकाश भनिने दीलबहादुर घर्तीको संलग्नतामा चोरी भएको प्रहरीले जनाएको छ । घर्तीसहित घटनामा संलग्न रहेका भारत घर भई हाल पोखरा वस्ने ५० वर्षीय पन्नालाल साहलाई बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
भारत घर भई हाल पोखरा रत्नचोकमा रहेको कवाडीमा काम गर्ने नरेस कुमार साहले आयोजनाका फलामको पाइप काट्न लागि पोखराबाटै ट्रकसहित पाइप काट्ने उपकरण ल्याएका थिए ।
उनीहरूलाई ट्रक तथा फलाम काट्ने उपकरणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्