तारकेश्वर एमालेले साविककै कार्यालयमा बोर्ड झुण्ड्याउने
काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पक्षमा निर्णय सुनाएसँगै साविककै नेकपा एमालेको पार्टी कार्यालयमा बोर्ड झुण्ड्याइने भएको छ ।
एमालेका तारकेश्वरका यूवा नेता तथा तानपा ९ का वडाअध्यष बलराम सिटौलाका अनुसार जरङ्खुस्थित नेकपा एमालेको कार्यालयमा २९ गते शनिबार बिहान ८ बजे नेकपा एमालेको बोर्ड राखिने बताउनुभएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि कार्यालय स्थापना गरिएको थियो। तर सर्वोच्चले ओली–प्रचण्ड नेतृत्वको नेकपालाई मान्यता नदिएपछि सो भवनलाई पुनः साविककै एमालेको कार्यालयको रूपमा परिणत गरिएको छ।
यसअघि नेकपाको उक्त कार्यालय दाहाल-नेपाल खेमामा परिणत भएपछि भवनलाई दुवै पक्षले प्रयोग गर्दै आएका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्