तारकेश्वर नगरपालिकाकै नमूना विद्यालय बन्दै कालीदेवी मावि
तारकेश्वर १८, फागुन । २०४५ सालमा स्थापना भएको कालीदेवी माध्यमिक विद्यालय तारकेश्वर नगरपालिकाकै नमूना विद्यालयको रुपमा परिचित छ ।
वडा नं २ मा रहेको यस विद्यालय सबै स्थानिय तहमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने सरकारको योजना अनुरुप रहेको हो ।
सरकारले ८४ वटा विद्यालयलाई नमूना विद्यालय विकासका लागि छनोट गरेको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र अन्तर्गत विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले ६९ जिल्लाका ८४ वटा विद्यालय छनौट गरेको हो ।
नमूना विद्यालयमा आवासीय सुविधा, पुस्तकालय, खेलमैदान, वैकल्पिक विद्युतीय व्यवस्था, घेराबार तथा बगैँचा, प्रशासनिक भवन, शिक्षण भवन तथा कक्षाकोठा, प्राथमिक उपचार तथा परामर्श कक्ष, विद्यालय सङ्ग्रहालय, प्रयोगशाला, अडिटोरियम हल, चमेनागृह, खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा, व्यावसायिक कार्यशाला कक्ष आदिको प्रबन्ध सहित गुणस्तरीय शिक्षाका कारण यो विद्यालय नमूना भएको बताइएको छ ।
विद्यालयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको छोराछोरी, शिक्षकशिक्षिकादेखि कार्यालय सहायक र अन्य कर्मचारीसम्मको छोराछोरी सम्मले अध्ययन गरिरहेका विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ओझाले बताए ।
६ सय ७१ जना विद्यार्थी रहेको विद्यालयमा ५१ जना शिक्षकशिक्षिका तथा अन्य कर्मचारी कार्यरत छन् ।
यसैगरी सार्वजनिक विद्यालय सुधारको अभियान घोषणा गरेको सरकारले थप १०० विद्यालयलाई नमूना छनोट गरी अनुदान दिने भएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #कालीदेवी मावि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्