नागार्जुनमा खोप समन्वय समिति गठन
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले कोभिड १९ विरूद्धको खोप अभियान अन्तर्गत नगरपालिका स्तरीय खोप समन्वय समिति गठन गरेको छ ।
मंगलबार नगरकार्यापलिकाको कार्यालय हरिसिद्धि सितापाइलाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि समिति गठन गरिएको नगरपालिकाले जनाएको छ । नवगठित समितिको ढाँचामा नगरका नगर प्रमुख मोहन बहादुर बस्नेत समितिको प्रमुख , नगर उप–प्रमुख शुसिला अधिकारी सदस्य , सबै वडाका वडा अध्यक्षहरु सदस्य , प्रमुख प्रशासकीय अधिकृत सदस्य , स्वास्थ्य साखाका प्रतिनिधि सदस्य र नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सदस्य– सचिव रहनेगरि उक्त खोप समन्वय समिति गठन गरिएको नगर उप–प्रमुख शुसिला अधिकारीले बताइन । साथै समितिलाई आवश्यकतानुसार विस्तार गरिदै जाने उनको भनाइ छ ।

समितिले तत्कालको अवस्थामा ५५ वर्षभन्दा माथिका बृद्धबृद्धा र यातायातको क्षेत्रका चालक तथा सहचालकहरुलाई लक्षित वर्गमा राखेर कार्य गर्ने योजना बनाएको र विस्तारै सबै तहमा यो सेवा पु¥याउने योजना अनुसार समितिले काम गर्नेउप –प्रमुख अभिकारीले बताइन ।
तत्कालको अवस्थामा नगरपलिकाको सितापाइला स्वास्थय चौकी र रामकोटको स्वास्थय केन्द्र गरि २ ठाउँमा शिविर सञ्चालन गरि काम अगाडि बढाइने समितिले बताएको छ । साथै खोप भण्डारणको व्यवस्था गरि नगरका अन्य ठाउँहरुमा शिविर राखेर कसरी छिटो छरितो सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुरामा समितिले छलफल अगाडी बढाउने उनको भनाइ छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नगरपालिका स्तरीय खोप समन्वय समिति गठन, #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्