तारकेश्वरको साङ्गलामा सामुदायीक स्वास्थ्य सेवा तालिम सम्पन्न
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य स्वयंसेवीहरुका लागि सामुदायीक स्वास्थ्य सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
यहि फाल्गुन १२ र १३ गते “ साङ्गला प्राथमिक स्वास्थ्य केन्द्र ” को सभाहलमा दुई दिने सो तालिम सञ्चालन गरेको थियो । उक्त तालिम “लेले सामुदायीक विकास केन्द्र ” ललितपुरले तारकेश्वर नगरपालिकाको वडा नम्बर १ सँगको समन्वयमा र “ गुड नेवर्स इन्टरनेशनल नेपाल ” को आर्थिक तथा प्रविधिक सहयोगमा सम्पन्न गरेको हो । सोही वडाका १६ जना वडाबासी स्वास्थ्य स्वयंसेविहरुको सक्रिय सहभागिता रहेको उक्त तालिमको प्रमुख प्रशिक्षकको रुपमा सोही स्वास्थ्य केन्द्रका डा. नकुल पौडेल रहेका थिए ।

ताालिमको सामापन कार्यक्रमा बोल्दै तालिमा समापन कार्यक्रमका प्रमुख अतिथि तथा यसै वडाका वडा अध्यक्ष विदुर साप्कोटाले स्वास्थय स्वयंसेवीहरुले निर्वाहा गर्दै आइरहेको भूमिका निर्क महत्वपूर्ण रहेको बताए । उनले भने , ‘ दिनरात नभनि आफ्नो क्षेत्रमा खटिएर स्वास्थ्यसँग सम्बन्धित कार्य गदै आइरहनुभएको स्वास्थ्य स्वयंसेविहरुकोकार्यको म प्रसंसा गर्दछु ।
आगामि दिनमा यस तालिमबाट सिकेका कुराहरुलाई आफ्नो टोलटोलमा गएर सिकाउनु अनुरोध गर्दछु ।’ राजधानि भन्दैमा सबैकुरा सबैले जानेको भन्ने हुदैन भन्दै उनले सिकेका करुालाई समाजमा बाँड्दा ज्ञान दिने र लिने दुबै पक्षलाई नै लाभ हुने धारणा व्यक्त गरे ।यस तालिममा आर्थिक तथा प्राविधिक सहयोग गरेको गुड नेवर्स इन्टरनेशनल नेपालले यस अघि पनि उक्त स्वास्थ्य केन्द्रलाई अल्ट्रासाउन्ड मेशिन, ल्याबका सामाग्री, औषधी , फर्निचर,महिला सामुदायिक स्वास्थ्य सेवीकाहरुलाई आधारभूत तालिम आयोजनामा पनि सहयोग गरेको थियो ।साथै यस संस्थाले कोभिड –१९ को महामारीको समयमा सो केन्द्रलाई पीपीइ, मास्क,स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #सामुदायीक स्वास्थ्य सेवा तालिम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्