एराहिटीको मूल सडकमा दायाँ बायाँ फोहोर संकलन गर्ने डस्टविन राख्ने कार्य सम्पन्न
काठमाडौं । राधाकृष्ण नगर सुधार संस्थाको नव गठित कार्यसमितिको पहलमा ढुङ्गेधारा चोकदेखी रानीवन माइक्रो बसपार्कसम्मको मूल सडकको दायाँ बायाँ फोहोर संकलन गर्ने डस्टविन राख्ने कार्य सम्पन्न भएको छ ।
विहिबार र शुक्रबार दुइचरणमा गरि संस्थाका नवनिर्वाचित अध्यक्ष एक नारायण उपाध्याय , उपाध्यक्ष लालप्रसाद अर्याल ,सचिव पदम बहादुर घिमिरे क्षेत्री, समितिका अन्य पदाधिकारि र समितिका निवर्तमान पदाधिकारिहरुको सक्रिय सहभागितामा सो कार्य सम्पन्न भएको हो ।
यहि फाल्गुन ८ गते शनिबार संस्थाको ५ औं साधारणसभामा राधाकृष्ण नगर सुधार संस्थाकै पहलमा लुम्बिनि विकास बैंक एराहिटी शाखा ,राधाकृष्ण नगर सुधार संस्था र राधेकृष्ण वचत तथा सहकारी संस्था गरि तीन वटै संस्थाको लगानिमा सौजन्य स्वरुप यस संस्थाका निवर्तमान अध्ययक्ष पद्ममनाथ साप्कोटालाई ७० वटा डस्टविन हस्तान्तरण गरेको थियो ।
स्थापना कालदेखि नै यस नगरको आफ्नो कार्यक्षेत्र भित्रको टोल तथा समाजको विकासका लागि निकै ठूलो योगदान पु¥याउँदै आएको र आगामि दिनहरुमा पनि सामाजिका कार्यमा प्रतिबद्ध भएर अगाडि बढ्ने दृढ संकल्प लिएको अध्यक्ष उपाध्यायको भनाई छ । उनले भने , ‘हाम्रो विधानमा नै वातावरण सरसफईलाई प्राथमिकताकासाथ समेटिएको छ । घरबाट निस्केका फोहरहरुलाई फोहोर उठाउन आउने गाडीमा सिधै व्यस्थापन गर्नुका साथै सडकका फोहोरहरु यस्ता डष्टिविनमा राखिदिनाले सडकको फोहोरलाई व्यवस्थापन गर्न सहयोग पुग्छ । जसका कारण सफा ,सुन्दर शहर निर्माणमा टोलबासी ठूलो योगदान पुग्दछ । आफ्नो टोल सधै सफाराख्न सहयोग पग्दछ ।’
समाजिक विकास निर्माणका कामहरुमा यस संस्थाले स्थानीय तह र यहाँका विभिन्न सामाजिक संस्थाहरुसमेत सहकार्य एवम समन्वय गदै आइरहेको कोषाध्यक्ष पम्फा कुमारी श्रेष्ठले बताइन् ।

क्याटेगोरी : स्थानीय
ट्याग : ##डस्टविन राख्ने कार्य, ##राधाकृष्ण नगर सुधार संस्था
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्