जापानमा नेपाली पुस्तकालय स्थापना

टोकियो, पुस १८ गते । विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको देश जापानमा पहिलो पटक ‘नेपाल पुस्तकालय’ स्थापना गरिएको छ । नेपाल र जापानबिच जनस्तरको सम्बन्ध र शैक्षिक सांस्कृतिक, प्राज्ञिक तथा बौद्धिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।
नागानो प्रान्तको कोमागाने शहरमा ७ नोभेम्बर २०२४ मा सञ्चालनमा आएको यो पुस्तकालयको स्थापना जापानी नागरिक डा. युकि इतोले गर्नुभयो ।
पुस्तकालयमा नेपालको प्रकृति, संस्कृति, कला, सङ्गीत, धर्म, संस्कार, पर्व र परम्परासँग सम्बन्धित नपाली, जापानी र अङ्ग्रेजी भाषाका पुस्तक सङ्कलित रहेको डा. इतोले जानकारी दिनुभयो । त्यसैगरी नेपालसँग सम्बन्धित स्तोत्रग्रन्थ र विश्वविद्यालयका पिएचडि र एमए तहका थेसिसहरु पनि सङ्कलित छन् ।
पुस्तकालयको उद्घाटन समारोहमा पुग्नुभएका जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली र अङ्ग्रेजी भाषाका पाँच सयभन्दा बढी पुस्तक प्रदान गर्नुभएको छ ।
कोमागाने शहरका नेपाली व्यवसायी तथा समाजसेवी केशर गिरीले उपलब्ध गराएको भवनमा स्थापना गरिएको नेपाल पुस्तकालयले नेपाली र जापानीहरुबिचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।
नेपाल र नेपालीको बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि पुस्तकालयले स्रोतको रुपमा काम गर्ने डा. इतोले बताउनुभयो । साइतामा विश्वविद्यालयका प्रध्यापक डा. युकि इतो नेपालको मुलुकी ऐनमा पिएचडी गर्नुहुने पहिलो जापानी हुनुहुन्छ ।
१९९० को दशकमा नेपालस्थित जापानी राजदूतावासमा अनुसन्धान अधिकृतको रुपमा काम गरिसक्नुभएकी डा. इतो हिमाली गाउँ मुस्ताङको संस्कृति अध्ययन गर्ने पहिलो महिला हुनुहुन्छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #जापानमा नेपाली पुस्तकालय स्थापना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्