फिलिपिन्समा ज्वालामुखी विस्फोट

फिलिपिन्स, मङ्सिर २४ गते । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीका कारण आकासमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश दिएको छ ।
नेग्रोसको टापुमा समुद्र सतहबाट दुई हजार ४०० मिटरभन्दा माथि उठेको कान्लाओन पहाड ज्वालामुखीका लागि फिलिपिन्सका २४ सक्रिय स्थानमध्ये एक एक हो ।
‘फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड सिस्मोलोजी’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय समयअनुसार अपराह्न ३ : ०३ बजे ज्वालामुखी विष्फोट भएको हो।
“सबै स्थानीय सरकारी एकाइहरूलाई ज्वालामुखी बिस्फोट भएको पहाडबाट छ किलोमिटरको क्षेत्र खाली गर्न सल्लाह दिइएको छ र गतिविधि आवश्यक भएमा थप टाढा जान तयार रहनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
ज्वालामुखीको दक्षिणपश्चिम क्षेत्रमा रहेको ला कास्टेलाना सहरका चार वटा उच्च पहाडी गाउँहरूमा ‘उद्धार कार्य’ जारी छ, नगर प्रहरी अधिकारी सर्जेन्ट रोनेल अरेभालोले एएफपीसँग बताउनुभयो ।
“पछिल्ला केही दिनयता हामीले ज्वालामुखीबाट कालो धुवाँ निस्केको देखेका छौँ । यो हप्ता कुनै पनि समयमा विस्फोट हुने हामीले अनुमान गरेका थियौँ,” उहाँले एएफपीलाई फोनमार्फत् दिएको जानकारीमा बताउनुभयो ।
गत सेप्टेम्बरमा ज्वालामुखीले एकै दिनमा हजारौँ टन हानिकारक ग्याँस फ्याँकेपछि आसपासका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
भूकम्प मापन कार्यालयका अनुसार सन् १८६६ यता कान्लाओनमा ४० पटकभन्दा बढी ज्वालामुखी विस्फोट भएको छ । सन् १९९६ मा ज्वालामुखीबाट निस्केको खरानीका कारण तीन जना पर्वतारोहीको मृत्यु भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #फिलिपिन्समा ज्वालामुखी विस्फोट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्