चीनमा शक्तिशाली भूकम्प

काठमाडौं । नेपालको उत्तरी छिमेकी देश चीन्मा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ६.२ रिक्टर स्केलमा मापन गरिएको छ । भूकम्पको गहिराई १० किलोमिटर रहेको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण गान्सुमा १०० जनाको मृत्यु भएको छ भने छिङहाइमा ११ जनाको मृत्यु भएको छ । त्यसैगरी गान्सुमा ९६ र छिन्घाईमा १२४ जना घाइते भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ५ दशमलव ९ मापन गरिएको छ । भूकम्पका कारण धेरै क्षति भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । खानेपानी र बिजुलीको व्यवस्था ठप्प भएको छ । यातायात र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।
गान्सुको राजधानी लान्झाउमा भूकम्पको धक्का महसुस हुनेबित्तिकै विश्वविद्यालयका विद्यार्थीहरू छात्रावासबाट बाहिर निस्किएका थिए । उद्धार टोली घटनास्थल पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उद्धार कार्य सुरु गरिएको छ । टेन्ट, फोल्डिङ बेड र रजाई घटनास्थलमा पु¥याइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । यससँगै उनले मृत्यु हुनेको संख्या घटाउने उपाय अपनाउन निर्देशन पनि दिएका छन् । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार जारी छ ।
भूकम्प किन आउँछ?
पृथ्वी भित्र ७ वटा प्लेट छन्, जो निरन्तर घुमिरहन्छन् । यी प्लेटहरू ठोक्किने क्षेत्रलाई फल्ट लाइन भनिन्छ । बारम्बार टकरावको कारण प्लेटका कुनाहरू झुकेका छन् । दबाव धेरै बढ्दै जाँदा पृथ्वीमा रहेका प्लेटहरू दबिन थाल्छन् र तलको ऊर्जाले बाटो खोज्छ र कम्पन हुँदा भूकम्प आउँछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #चीनमा शक्तिशाली भूकम्प
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्