इटालीमा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु
इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिनुभएको छ ।
दुर्भाग्यबस दुखद घटनामा २२ जना नागरिकको मृत्यु भएको खबर सुनाउनु परेको छ । घटनामा परी केही अन्य मानिसहरू पनि सम्पर्कमा नआएका र केहीलाई सख्त घाइते अवस्थामा अस्पताल लगिएकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने उप–मन्त्री एडोआर्डो रिक्सीलाई उद्धृत गर्दै इटालीको टेलिभिजन च्यानल स्काई टिजी २४ ले जानकारी गराएको छ ।
ए १० सडक अन्तर्गतको पुल भत्किएर रेलमार्गमा खसेको र केही व्यक्ति सम्पर्कमा नआएकाले पुलको भग्नाबशेषमा परेको आशङ्कामा त्यसलाई हटाउने कार्य स्थानीय नागरिक र सुरक्षाकर्मीले संयुक्त रूपमा गरिरहेको मन्त्री रिक्सीले बताउनुभयो ।
घटनास्थलमा पुगेका एएफपीका फोटो पत्रकारले भने पुल भत्किएसँगै केही कार र ट्रकहरू भग्नाबशेषमा फसेका छन् भने पुलबाट सिमेन्टले बनेका पथ्थरका ठूलाठूला टुक्राहरूले नजिकैका घरहरूमा समेत क्षति पुगेको बताइएको छ ।
इटालियाली सञ्चारमाध्यमका अनुसार मोरान्डी पुलको २०० मिटर भाग भत्किएको छ । पुल ग्रीनविच समय अनुसार मङ्गलबार विहान १० बजे भत्किएको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #इटालीमा पुल भत्किँदा
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ४टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ७विशेष महाधिवेशन पक्षधरको दबाब: १६५ क्षेत्रमा उम्मेदवारी, ६६ सिट सुनिश्चित गर्नुपर्ने
- ८तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी






तपाईको कमेन्ट लेख्नुहोस्