Techie IT
आईतबार, वैशाख २१,२०८२

ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिनमा १५ सयभन्दा बढीको मृत्यु


ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको हो । योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा एकै दिनमा ६९ हजार ६०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । योसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड नौ लाख ३८ हजार पुगेको छ ।

दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो । यसअघि गत बुधबार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot, #ब्राजिलमा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545