छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ५९ जना नयाँ संक्रमित
काठमाडौं, ९ मंसिर । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा दोस्रो स्थानमा रहेको छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ५९ जना नयाँ संक्रमित फेला परेका छन् भने ५११ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ९१ लाख ३९ हजार ८६५ पुगेको छ भने मृतको संख्या १ लाख ३३ हजार ७३८ पुगेको छ ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा अमेरिका पहिलो र भारत दोस्रो स्थानमा छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ५९ जना नयाँ संक्रमित






तपाईको कमेन्ट लेख्नुहोस्