Techie IT
शुक्रबार, माघ ११,२०८१

अफगानिस्तानमा १६ सैनिक मारिए


तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरु तर्फ क्षति भएको हो ।

समाचार श्रोतले शुक्रबार दिएको जानकारीअनुसार विद्रोहीहरुले तीन ओटा सुरक्षा कार्यालयमा उनीहरुले आक्रमण गरेका थिए ।

अफगानिस्तानमा भइरहेको द्धन्द्ध समाधानका लागि कतारमा आगामी आइतबारदेखि वार्ता हुन लागिरहेका बेलामा घटना भएको हो । यो घटनाका कारण तयारी अवस्थामा रहेको वार्तालाई पनि असर पार्ला भन्ने बारेमा धेरैले चिन्ता व्यक्त गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #afaghanistan


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545