छुट्टिएका आफन्तलाई दुई कोरियामा पुनर्मिलन गराइने
दक्षिण कोरिया र उत्तर कोरियाले छुट्टिएर बस्न बाध्य भएका कोरियालीहरूलाई पुनः गराउन दुबै देशका अधिकारी तयार भएका छन् ।
दुई कोरियाले आगामी अगस्टमा उनीहरूबीचमा पुनर्मिलन गराउने सहमति शुक्रबार गरेका हुन् ।
कोरिया युद्धपछि छुट्टिएका आफन्तहरूको पुनः मिलनका लागि गत सन् २०१५ देखि नै विभिन्न प्रयास हुदै आएको थियो ।
सन् १९५० देखि १९५३ सम्म भएको दुई कोरियाको युद्धपछि लाखौं कोरियालीका आफन्तहरु छुट्टा छुट्टै बस्न बाध्य भएका थिए । उनीहरुलाई आवत जावत गर्नदेखि कुनै सञ्चार सम्पर्क गर्न समेत दिइएको थिएन ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच गत अप्रिलमा भएको शिखर वार्तापछि पुनर्मिलनको वातावरण बन्न थालेको हो ।
औपचारिक समझदारी भने दुई कोरियाका उच्च अधिकारीकाबीचमा शुक्रबार उत्तर कोरियाको माउन्ट कुमगाङ रिसोर्टमा आयोजित बैठकमा भएको हो ।
दक्षिण कोरियाको एकता मन्त्रालयले आउदो अगस्टको २० देखि २६ तारिखसम्म दुवै तर्फबाट पुनर्मिलन गराउनेहरूको छनौट गरिने जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #कोरिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्