बर्दिवासकी कविताको भान्छा सुधार अभियान जारी
केही वर्ष अघिपनि बर्दिवास नगरमा भान्छा सुधारको कार्यक्रम गरी बर्दिवास बासीको मन जितेकी कविता दाहालले फेरी आज मिति २०७९/०७/२६ शनिवारका दिन पारी ‘सचेतना तथा अन्तरक्रिया कार्यक्रम’ बर्दिवास ३ गौरीडाँडाको योगाहलमा भव्यताका साथ सम्पन्न गराइन् । 
बर्दिवास नगरपालिकाका उपप्रमुख तारादेवी महतोको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रम पवन कार्कीले सञ्चालन गरेका थिए । भान्छा सुधार अभियान नेपालकी अध्यक्ष कविता दाहालले शुभकामना मन्तव्य सहित आफ्नो रचना वाचन गरेकी थिइन् । 
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बर्दिवास वडा न. ३ का वडा अध्यक्ष विराट विष्ट, डा. दीपक वाग्ले, शैलेस कु नेपाल, राम लामा तथा भावना कार्की रहनुभएको थियो ।
कार्यक्रममा बर्दिवास नगर पालिका भित्रका १४ ओटै वडाका गृहिणी महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो । 
यस ‘सचेतना तथा अन्तरक्रिया कार्यक्रम’ मा डा. दीपक वाग्लेले ढाड, टाउको, शरीरका विभिन्न कोशहरू दुखेको विरामीहरूलाई क्षणभरमै विना औषधि दुखाइ कम गरि डेमो मार्फत निको पारेको कुरा परिक्षण गरिएका विरामीहरूले व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा औषधिको बेफाइदा, कस्तो पानी खाने कस्तो पानी नखाने वैज्ञानिक प्रयोगद्वारा देखाइएको थियो ।
उक्त कार्यक्रममा माटा, तामा, फलाम, काठ आदिका भाडाकुडा प्रयोग गरेमा स्वास्थ्यका लागि लाभ हुने कुरा कार्यक्रमकी अध्यक्ष दाहालले व्यक्त गरेकी थिइन् । 
प्रोजेक्टरद्वारा दृश्यात्मक गर्दै सञ्चालन गरिएको कार्यक्रममा आयो नुन र सिदे नुनमा कुनले फाइदा गर्छ, चिनी र महमा कुनले फाइदा गर्छ त्यस्तै चाउचाउ, चकलेट, साबुन जस्ता भान्छामा प्रयोग हुने सामानहरूको प्रत्यक्ष प्रयोगद्वारा राम्रो नराम्रो फरक छुट्याइएको थियो । 
कार्यक्रमलाई अझै रोचक पार्न आफ्नै घरमा आपतकालीन रुपमा बिरामी परिहाले कसरी तत्काल समाधान गर्न सकिन्छ भन्ने विषयमा समेत प्रकाश पारिएको थियो । 
कार्यक्रमको अन्त्यमा सहभागी सम्पूर्णले भान्छा सुधारको नारा सहित भव्य समर्थन गरेका थिए ।
आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमबाट लाभान्वित भएको प्रतिक्रिया समेत दिएका थिए । आयोजक भान्छा सुधार अभियान नेपाल, सह-आयोजक गौरिवास सेवा समिती र मेचिमाहाकाली बुहारी संयुक्त आवाज महोत्तरी रहेको यस कार्यक्रमको टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ मिडिया पार्टनर रहको थियो भने कार्यक्रमको अन्त्यमा स्वस्थ खाजाको समेत व्यवस्था गरिएको थियो । 
क्याटेगोरी : स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्