रुद्रसेन विश्वकर्मा नेतृत्वमा मधेश प्रदेश लोकदोहोरी प्रतिष्ठानको नयाँ कार्यसमिति

बर्दिवास, महोत्तरी
‘लोक संस्कृति संरक्षण, स्रष्टा सम्मान र नवप्रतिभा प्रोत्साहन’ भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशन बुधबार बर्दिवासमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले गरे । उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख क्षेत्रीले देशको मौलिक सांस्कृतिक पहिचान जोगाउन लोकसङ्गीतले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उनले बर्दिवास नगरपालिका सबै भाषा, संस्कृति र कलाप्रतिको सम्मानका साथ अघि बढिरहेको उल्लेख गर्दै नगरको स्रोत र साधन अनुसार कला र संस्कृतिको प्रवर्द्धनका लागि बजेट समेत विनियोजन भइरहेको जानकारी दिए ।
अधिवेशनको बन्द सत्रले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नवगठित कार्यसमितिमा रुद्रसेन विश्वकर्मा अध्यक्ष, ईन्द्र सिलवाल उपाध्यक्ष, हेमकुमारी बराल (सुनिता) महिला उपाध्यक्ष, बिनोद ढुंगेल सचिव, राधा गौतम कोषाध्यक्ष, विकास पाण्डे सहसचिव र रमा शर्मा ढकाल, आशा तालाङ्गे लगायत सदस्यमा चयन भएका छन् ।
प्रतिष्ठानका नव नियुक्त सचिव बिनोद ढुंगेलले कार्यसमितिको संरचना र अधिवेशनको उपलब्धिबारे जानकारी दिएका हुन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्