नयाँ होली गीत लिएर आउँदै रुद्रसेनको विश्वकर्मा

जीवनराज दाहाल, बर्दिवास ।
नेपाली, मैथिली र भोजपुरी संगीतमा सक्रिय गायक रुद्रसेन विश्वकर्माले नयाँ होली गीत ‘होली सररर’ यही फागुन २२ गते सार्वजनिक गर्ने तयारी गरेका छन् । रुद्रसेन क्रिएशनको प्रस्तुति रहेको उक्त गीत डिजिटल प्लेटफर्महरूमा रिलिज हुने भएको छ ।
गायक रुद्रसेन विश्वकर्मा र गायिका समीक्षा अधिकारीको आवाज रहेको यस गीतमा संगीत तथा शब्द पनि रुद्रसेनकै रहेको छ । गीतलाई योगेश काजीले एरेञ्ज गरेका छन् भने निर्माता नीर कुमारी विश्वकर्मा (सविना) हुन् ।
गीतको भिडियोमा चर्चित कलाकारहरू आर्यन सिग्देल, बिना राउत र रुद्रसेन विश्वकर्मा लगायतको आकर्षक अभिनय रहेको छ । भिडियोको छायांकन ओम प्रसाईले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अमृत चापागाईंले गरेका छन् । गीतमा नृत्य निर्देशनको पाटो भने प्रदीप कुमार रसाइलीले सम्हालेका छन् ।
गीतको रेकर्डिङ तथा मिक्स-मास्टरीङ मनोज परियारले गरेका हुनभने गीतको रेकर्ड आफ्नो मन स्टुडियोमा गरिएको हो ।
होली पर्वलाई लक्षित गर्दै तयार पारिएको यो गीतले नेपाली दर्शक तथा श्रोतामाझ विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ । गीत चाँडै नै युट्युब, स्पोटिफाइ, एप्पल म्युजिक लगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध हुने छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्