Techie IT
आईतबार, वैशाख २१,२०८२

बुढ्यौली साहित्य समाज धनुषाको विशेष दोस्रो बैठक सम्पन्न


आज मिति २०८१साल फागुन १६गते शुक्रबारका दिन बुढ्यौली साहित्य समाज धनुषाको बैठक यस समाजका अध्यक्ष नानीराम दहालको अध्यक्षता ,सल्लाहकार नारायण विक्रम थापाको उपस्थिति र बुढ्यौली साहित्य अभियान्ता नियात्राकार रमेश मोहन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त बैठकमा आगामी दिनमा यस समाजलाई कसरी अगाडि बढाउने भन्ने प्रस्तावलाई विशेष छलफलका साथ कार्यक्रम व्यवस्थित गर्ने बारेमा गहन बहस भयो । यस समाजले नियमित रुपमा सञ्चालन गर्ने शृङ्खला केही लामो समयदेखि स्थगित भएको कार्यक्रम चैत्रबाट निरन्तर गर्ने भनी बैठकले निर्णय गरेकोे छ ।

उक्त बैठकमा यस समाजका सदस्य बालकृष्ण पहाडी कार्य व्यस्तताका कारण समय दिन असमर्थ भएकोले उहाँको सदस्य पदमा बलराम भट्टराईलाई चयन गरिएको छ ।

बुढ्यौली साहित्य समाज धनुषाको दोस्रो विशेष बैठकमा बुढ्यौली साहित्य समाज नेपाल मधेस प्रदेश समितिका सचिव रामचन्द्र पौडेल र बुढ्यौली साहित्य समाज मकवानपुरका उपाध्यक्ष राजकुमार लामिछाने उपस्थिति थिए । सो बैठक श्री आदर्श मा वि लालगढ धनुषाको सभाहलमा भएको थियो ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:20 am6:40 pm +0545