भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक

बर्दिवास – भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । उक्त गीतमा लोकप्रिय कलाकार सागर लम्साल (बले) र शिल्पा पोखरेलले अभिनय गरेका छन् ।
गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा आर्यको सुमधुर आवाज सुन्न सकिन्छ भने गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् । प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको यस गीतको छायांकन ज्ञानेन्द्र शर्मा र उनकै टिमले काठमाडौंमा गरेका हुन् ।
निर कुमारी विश्वकर्मा ‘सविना’को निर्माणमा तयार भएको यो गीतलाई प्रमोद (भारत)ले एरेन्जिङ, मिक्सिङ र मास्टरिङ गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको सहभागिता रहेको छ ।
रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुति रहेको यस गीतलाई ‘दिलवाली’ नामक नेपाली र भोजपुरी एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक गरिएको गीतले प्रेमी-प्रेमिकाहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
यो गीत युट्युबलगायत सामाजिक सञ्जालमा उपलब्ध छ । ‘दे दन प्यार गोरी’ले छोटो समयमै दर्शकहरूबीच राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण टिमको छ ।
उक्त गीतलाई गायक रुद्रसेन क्रियसन प्रा.ली. युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला । 👇️
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्