गायिका एलिना चौहानले गरिन् श्रीमानसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा
८ माघ । गायिका एलिना चौहानले श्रीमानसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेकी छिन् ।
उनले आज श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । विवाह भएको एक वर्ष पनि नबित्दै उनीहरूबीच सम्बन्धविच्छेद हुन लागेको हो । एलिना र विष्णुले गत बैशाख ५ गते विवाह गरेका थिए । एलिनाले पति विष्णुले आफूमाथि शंका गर्ने साथै चरित्रमाथि नै प्रश्न उठाउने गरेको उल्लेख गरेकी छिन् ।
‘कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका-उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव भइरहन्थ्यो, फिराद पत्रमा चौहानले लेखेकी छन्, ‘त्यस्तैमा ३ महिनाको बसाइपछि म नेपाल फर्किएँ। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन,’ ।

उनले विपक्षीलाई अदालतमा झिकाइ प्रमाण बुझेर सम्बन्धविच्छेद गराइदिन माग गरेकी छन् । विष्णु अष्ट्रेलियामा बसेर व्यवसाय गर्छन । उनले पतिको अंश वा माना चामल कुनै नलिने र आफूसँग भएका गरगहना नदिने पनि फिराद पत्रमा उल्लेख गरेकी छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #एलिना चौहानले गरिन् श्रीमानसँग सम्बन्धविच्छेद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्