‘डोरी’ को पोस्टर सार्वजनिक

काठमाडौँ, माघ १४ गते । देशभरका सिनेमाघरमा चैत १५ देखि प्रदर्शन हुने नेपाली चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले चलचित्रको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाई प्रस्तुत गरिएको छ ।
पोस्टरको केन्द्रमा अभिनेत्री बराइलीलाई पारम्परिक पोसाकमा मुस्कानसहित देखाइएको छ । यसले चलचित्रको सांस्कृतिक पृष्ठभूमिलाई सङ्केत गर्छ । अन्य पात्रका विभिन्न भावभङ्गीमा देखिएको उपस्थितिले कथावस्तुमा रहेको विविधतालाई दर्साउँछ ।
पोस्टरमा देखिएका एक पात्र हास्यव्यङ्ग्य झल्काउने भावमा छन् भने अर्को पात्र आक्रोशित मुद्रामा देखिन्छन् । यसले कथावस्तुमा हास्य, सङ्घर्ष र गम्भीर भावनाको मिश्रण रहेको सङ्केत दिन्छ । पोस्टर डिजाइन विजय बस्यालले गर्नुभएको हो ।
अरुण लामाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘डोरी’ मा वीरेन्द्रसिंह कुशवाहाको पनि अभिनय छ । चलचित्रमा निर्माता दिनेश भट्टराई र कार्यकारी निर्माताका रूपमा राज थापा रहनुभएको छ । ‘डोरी’ मा स्क्रिप्ट डा। मनोज पण्डित, द्वन्द्व निर्देशन राजु तामाङ, सङ्गीत निर्देशन राजनराज शिवाकोटी र कला निर्देशनमा रोशन दिवान रहनुभएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #‘डोरी’ को पोस्टर सार्वजनिक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्