Techie IT
मंगलबार, असार १७,२०८२

जनता साहित्यिक मञ्च गौरीडाँडा बर्दिबासमा कविता वाचन प्रतियोगिता


मिति २०८१ साल माघ १३ गते आइतबारका दिन जनता साहित्यिक मञ्च गौरीडाँडाको सातौँ शृङ्खलामा कविता वाचन कला प्रतियोगिता ,यस मञ्चको सक्रियता र जनता मा वि गौरीडाँडा बर्दिबास -३,का सहायक प्रधानाध्यापक सरिता कार्कीको सभाध्यक्षतामा सम्पन्न भयो ।

उक्त वाचन प्रतियोगिताको निर्णायक भूमिकामा शिक्षकहरू रामचन्द्र पौडेल ,पवित्रा फुयाल र पुष्पा वराल थिए भने कार्यक्रम सञ्चालन शिक्षक लक्ष्मी कार्कीले गर्नु भएको थियोे । कार्यक्रमको समय पालकको भूमिकामा शिक्षक इन्दिरा बोलन थिइन् ।

कविता वाचन कार्यक्रममा यस जनता मा वि मा अध्ययनरत कक्षा १देखि कक्षा दशसम्मका जम्मा ९७ जना प्रतियोगितामा कविता वाचन गरेका थिए ।वाचन गर्ने विद्यार्थी स्रष्टा मध्ये कक्षा १ देखि कक्षा १० सम्मका उत्कृष्ट ३१(एकतीस)जनालाई प्रोत्साहन स्वरूप पुरस्कार वितरण गरिने भएको छ।

सो उत्कृष्ट पुरस्कार पाउँने विद्यार्थीहरूमा विपिन थापा ,निभा कुमारी महतो,सान्भी साह,आमोस वर्मा,इसाक श्रेष्ठ ,हिमांशु कुशवाह,स्मृति श्रेष्ठ ,कलश बोलन,आयुषी साह,सृष्टिका गौतम ,स्मारिका परियार ,अनुराधा चौधरी ,सालु अधिकारी ,पुष्पाञ्जली रायमाझी ,सोनु साह,सन्ध्या रोका,अङ्किता पोखरेल ,अंशु महतो,आलोक साह,जीविका तामाङ ,गरिमा परियार ,नास्रिन खातुन मिरा कुमारी महतो ,रोजिना घिमिरे ,आरती काफ्ले ,विदुषी अर्याल ,श्रेया कर्ण,सुभेक्षा घिमिरे ,सुजिना आपागाईँ,कविना बुढाथोकी र सबिना मगर रहेका छन् ।

कार्यक्रमको अन्तमा बोल्दै सभाध्यक्ष सरिता कार्कीले सहभागी सबैले राम्रो प्रयास गरेका छन् ।अबका दिनमा अझै प्रगति हुदै जाओस् भन्ने मन्तव्य व्यक्त गर्दै सोमबार बिहानको प्रार्थना सभामा पुरस्कार वितरण गरिने जानकारी गराउँदै कार्यक्रम समापन गरेकी थिइन् ।

 

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545