राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, बाराको प्रथम जिल्ला अधिवेशन सम्पन्न

– नारायण घिमिरे
२०८१ माघ ५ गते शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बाराको प्रथम जिल्ला अधिवेशन यस्का संयोजक देवेन्द्र कार्कीको अध्यक्षता र जितपुर सिमरा उप-महानगरपालिकाका उप-प्रमुख तथा अग्रज स्रष्टा भोलाप्रसाद अधिकारीको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ।
सिमरा स्थित प्याराडाइज होटलको सभाहलमा भव्य सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल का केन्द्रीय सदस्य तथा मधेश प्रदेश प्रतिष्ठानका संस्थापक अध्यक्ष कृष्णप्रसाद गौतम, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, मधेस प्रदेश तदर्थ समितिका अध्यक्ष रूद्रसेन विश्वकर्मा, सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा अग्रज स्रष्टा मोहन शर्मा लामिछाने , कवि तथा गीतकार हृदयनारायण चौधरी, जितपुर सिमारा उप महानगरपालिका वडा नम्बर १४ की वडाध्यक्ष तथा कुशल लोक गायिका चयन मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान भक्तपुरका अध्यक्ष नारायण राजथला लगाएतका महानुभावहरु विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो।
नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामनादिदै प्रमुख अतिथि अधिकारीले स्थानीय कला र संस्कृतिको संरक्षण र संवर्धन गर्दै वौदिक सम्पतिको रक्षा गर्न प्रतिष्ठानले अहम भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो। विशिष्ट अतिथि सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेले राष्ट्रय गौरवकोरुपमा रहेको कला संस्कृतिको उन्नयनमा सिमरा उद्योग वाणिज्य सङ्घ सदैव सकारात्मक रहेको र आगामी दिनमा समेत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बारा शाखा सग मिलेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद गौतमले मधेस प्रदेशको कला संस्कृतिको संरक्षणमा लाग्दै कलाकारको हितमा कृयाशील हिने प्रतिवद्धता व्यक्त गर्नु भयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, मधेस प्रदेश तदर्थ समितिका अध्यक्ष रूद्रसेन विश्वकर्माले गीत सङ्गीत र कलाको माध्यमद्वारा मधेसको पहिचान स्थापित गर्न लागिपर्ने बताउँदै मधेस प्रदेशभरका संङ्गठनलाई अझ कृयाशील बनाउन लागिपर्ने बताउनु भयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बाराका सल्लाहकार विकास पाण्डेको संयोजनमा आयोजित कार्यक्रमलाई सचिव लक्ष्मी खरेलले सञ्चालन र आमन्त्रित पाहुनाहरुलाई उपाध्यक्ष लक्ष्मीकान्त चौधरीले स्वागत गर्नुभएको थियो ।
नवगठित कार्यसमितिलाई शुभकामना दिने वक्ताहरुमा वडा नम्बर १४ की वडाध्यक्ष चयन मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान भक्तपुरका अध्यक्ष नारायण राजथला लगायतका अतिथिहरुले शुभकामना दिनुभएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बारा जिल्लाको प्रथम जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरु निम्नानुसार रहनुभएको छ ।
अध्यक्ष
१) देवेन्द्र कार्की
प्रथम उपाध्यक्ष
२) लक्ष्मीकान्त चौधरी (आर.लाल )
द्वितीय उपाध्यक्ष
३) दीपाञ्जन लामा
सचिव
४) लक्ष्मी खरेल
सह-सचिव
५) सन्दीप उराउ
कोषाध्यक्ष
६) सुशील पौडेल
सदस्यहरु :
७) भुवनप्रसाद चौधरी
८) चन्द्रकान्त चौधरी
९) श्रीदेवी चौधरी
१०) प्रमोद तत्मा जख्मी
११) प्रतिक ब्लोन
१२) मनोज अधिकारी
१३) सरिता लामा
१४) हिरा लामा दोङ
१५) विशाल गुरुङ
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्