प्रगतिशील लेखक सङ्घ नेपालको प्रथम बर्दिबास नगर भेला सम्पन्न

मिति २०८१साल माघ ५ गते शनिबारका दिन प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरी शाखाद्वारा आयोजित प्रथम बर्दिबास नगर भेला प्रलेस महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेल (विपुल विद्रोही)को अध्यक्षतामा सम्पन्न भएको छ ।
सो भेलाले कुशल अधिकारीको नेतृत्वमा बर्दिबास नगर समिति गठन भएको छ । जसमा केही सदस्य पछि बैठकले थप गर्ने गरि समिति गठन गरिएको छ, सो समिति निम्नानुसार रहेको छ;
अध्यक्ष : कुशल अधिकारी ,
उपाध्यक्ष : दिलिप भुजेल ,
सचिव : गोविन्द मसराङ्गे,
सहसचिव : यादवराज वाग्ले ,
कोषाध्यक्ष : मिना आले,
सदस्य : दुर्गा नेपाल,
” : प्रविण पौडेल,
” : निर्मला राना मगर
रहेका छन् । उक्त प्रथम नगर भेला कार्यक्रमको सञ्चालन प्रलेस महोत्तरीका सदस्य पवन वाग्लेले गरेका थिए भने प्रलेस महोत्तरीका सचिव नारद काफ्ले (विश्वास अभियान)ले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रममा भेलाको शुभकामना व्यक्त गर्दै प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय पार्षद प्रेम घिमिरेले बन्ने नगर समितिले प्रगतिवादी साहित्य लेखनमा विशेष ध्यान जाओस् भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए । सो कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रगतिशील लेखक सङ्घ नेपाल, मधेस प्रदेश समितिका अध्यक्ष नारायण घिमिरेले यो प्रथम बर्दिबास नगर भेला महोत्तरीको मात्रै नभएर मधेस प्रदेशकै प्रथम हो भन्ने विचार राख्दै यो कार्यक्रमका लागि प्रगतिशील लेखक सङ्घ महोत्तरीप्रति हार्दिक आभार व्यक्त गर्दै महोत्तरीका सबै स्थानीय तहमा यसको समिति निर्माण होस् भन्ने सुभेक्षा प्रकट गरेका थिए । कार्यक्रममा प्रलेस मधेस प्रदेश सचिव भिम राउतले नव गठित समितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए भने प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सदस्य जीवनस्पर्शी प्रथम बर्दिबास नगर भेला हुनु प्रलेस कर्मीहरूका लागि खुसीको कुरा हो भन्दै समितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रगतिशील लेखक सङ्घ नेपाल, बर्दिबास नगर समितिको प्रस्तावित प्यानललाई सभाले गडगडाहट तालिले पारित गरेको थियोे । भेलाद्वारा अनुमोदित समितिलाई प्रलेस केन्द्रीय सदस्य जीवनस्पर्शी, केन्द्रीय पार्षद प्रेम घिमिरे, मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, सचिव भिम राउत र महोत्तरी अध्यक्ष विपुल विद्रोहीले टीका लगाएर बधाई दिएका थिए ।
नगर समितिकोअध्यक्षमा चयन भएपछि कुशल अधिकारीले आफूलाई भेलाले दिएको जिम्मेवारी मन, वचन र कर्मले पूरा गर्दै युवाहरूलाई साहित्यमा सहभागी गराउन दत्तचित्तले लागि पर्ने बताउँदै भेलाप्रति आभार प्रकट गरेका थिए ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष विपुल विद्रोहीले प्रगतिशील लेखक सङ्घ नेपालको विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्मका समिति निर्माण हुने प्रावधान अनुरुप यो नगर भेला आयोजना गरिएको उल्लेख गरेका थिए । यसैगरी समय, परिस्थिति र प्रगतिशील साहित्यिक साथीहरूको सहयोगमा अन्य पालिकामा पनि समिति निर्माण गर्ने लक्ष्य रहेको बताएका थिए । साथै प्रथम नगर समितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उक्त नगर भेला श्री देउराली मा वि बर्दिबास-१,को सभाहलमा सम्पन्न भएको थियोे ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्