गायिका म्यारियन फेथफुललाई कोरोना संक्रमण
लण्डन । विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमणमा यतिखेर बेलायती गायिका म्यारियन फेथफुल पनि परेकी छन् । मरिनका व्यवस्थापकका अनुसार उनमा संक्रमण पुष्टि भएपछि शनिबार उपचारका लागि अस्पताल लगिएको हो । ‘लण्डस्थित अस्पतालमा नमरिनको उपचार भइरहेको छ, म्यारियन फेथफुलका व्यवस्थापकले बताएका छन् । संगीत उद्योगको प्रचारक रिपब्लिक मिडियाले ट्वीटरमा समेत उल्लेख गरेको छ । तर उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको पनि जनाइएको छ ।
म्यारियनकी साथी अमेरिकी सेलिब्रिटी पेन्नी अर्केडले पनि उनी अस्पतालमा उपचार गराएको कुरा उल्लेख गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ७३ वर्षीया गायिका फेथफुलक १७ वर्षको उमेरदेखि नै गायन सक्रिय थिइन् ।
‘एज टियर्स गो बाइ’ जस्तो गीत गाएर करिअरको प्रारम्भिक चरणमै उनले चर्चा पाएकी थिइन् । ५० वर्षको गायन करिअरमा उनले गायनसँगै गीत लेख्ने र फिल्ममा अभिनय पनि गरिन् । अहिले कोरोना संक्रमित भएको थाहा पाएपछि उनका शुभचिन्तक तथा प्रशंसकहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #गायिका म्यारियन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्