बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान को ६६ औँ शृङ्खला सम्पन्न

मिति २०८१ साल माघ ५ गते शनिबारको दिन बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान बर्दिबास महोत्तरीको ६६ औँ शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।
प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्लेले सञ्चालन गरेको सो कार्यक्रममा उपस्थिति अतिथि लगायत सम्पूर्णलाई सदस्य विमला विकले शब्दद्वारा स्वागत गरेकी थिइन् । यस कार्यक्रममा शुभकामना मन्तव्य दिने अतिथिहरूमा प्रलेसका केन्द्रीय सदस्य तथा यस प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, प्रलेस मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरे र सचिव भिम कुमार राउत, बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव तथा प्रलेस महोत्तरी सचिव नारद प्रसाद काफ्लेले शुभकामना दिएका थिए भने गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे र साहित्य अनुरागी नारायण खड्का अतिथि थिए ।
उक्त कार्यक्रममा विभिन्न लयका कविता ,गजल र मुक्तक वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरूमा प्रसंशा वाग्ले, ललित महतो, नारद काफ्ले, विपिन विक, विमला विक, यादव राज वाग्ले, प्रविण पौडेल, नारायण खड्का, भिम राउत र जीवनस्पर्शी थिए भने उक्त कार्यक्रममा कुशल अधिकारी, विष्णु राज थिङ, तिर्थ बहादुर गोले, मिना कुमारी तामाङ, दिलिप कुमार भुजेल, प्रिसा वाग्ले , प्रयास वाग्ले , सुनिक्षा खड्का , प्रनिशा ढुङ्गेल, रोचकमणि पौडेल ,प्रनिश कार्की ,मिना आले र दुर्गा नेपाल लगायतको बाक्लो उपस्थिति थियोे ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६६ औँ अङ्कको शृङ्खलामा उपस्थिति भएर भव्य र सभ्य रुपमा सम्पन्न गर्नुहुने सम्पूर्ण साहित्यिक व्यक्तित्वमा हार्दिक आभार प्रकट गरेका थिए । साथै साहित्यको मर्म र कर्मलाई बुझेर प्रतिष्ठानको ६६ औँ पाइलासम्म साथसहयोग गर्नुहुने सबैलाई कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम महोत्तरी स्थित बर्दिवास १ को श्री देउराली माविको सभाहलमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्