जनता साहित्यिक मञ्च गौरीडाँडाको पाँचौँ शृङ्खला सम्पन्न

मिति २०८१ साल पुस १२ गते शुक्रबारका दिन जनता साहित्यिक मञ्च गौरीडाँडा बर्दिबास -३,महोत्तरीको पाँचौं (५) शृङ्खला यस मञ्चको अध्यक्ष सुप्रिया बस्नेतको अध्यक्षता तथा जनता मा वि गौरीडाँडाका सहायक प्र अ महेश ढुङ्गानाको विशिष्ट आतिथ्यमा सम्पन्न भयो ।
यस कार्यक्रमको सञ्चालन सुरुमा मञ्चका सचिव ममता खड्काले गरेकी थिइन् भनेर कार्यक्रमको बिच भागबाट यस मञ्चकी बरिष्ठ सदस्य अञ्जली कुशवाहले गरेकी थिइन् । सो कार्यक्रममा उपस्थिति सम्पूर्णलाई मञ्चका उपाध्यक्ष राजेश भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अतिथिहरूमा प्रविण पौडेल ,बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा जनता मा वि का शिक्षक रामचन्द्र पौडेल र सहायक प्र अ महेश ढुङ्गानाले दिएका थिए भने शिक्षक आशिष् देवकोटा र वाणिज्य संकायका संयोजक सञ्जय महतो अतिथिका रुपमा उपस्थिति थिए ।
सो कार्यक्रममा विभिन्न लयका कविता , गीत,मुक्तकका साथी विभिन्न व्यक्तिको क्यारिकेचर पनि गरिएको थियो ।कार्यक्रममा वाचन गर्ने स्रष्टाहरूमा रेणुका आले,रितिशा अर्याल ,स्वेच्छा महतो,प्राची सुवेदी ,जयशंकर अधिकारी ,प्रिन्सी मण्डल ,श्रवण सिंह ,नेहा महतो,विद्या साह,कृष्णप्रसाद पौडेल ,राजेश भण्डारी र प्रविण पौडेल थिए ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष सुप्रिया बस्नेतले यस मञ्चको पाँचौ शृङ्खलामा उपस्थिति विशिष्ट अतिथि ,अतिथि लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन् । कार्यक्रम यस विद्यालयको सभाहलमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्