‘जनता साहित्यिक मञ्च’ गौरीडाँडाको दोस्रो साहित्य शृङ्खला सम्पन्न

मिति २०८१ साल असोज १८ गते शुक्रबार जनता साहित्यिक मञ्च गौरीडाँडाको दोस्रो शृङ्खला यस
मञ्चका अध्यक्ष सुप्रिया बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस मञ्चका उपाध्यक्ष राजेश भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपस्थिति अतिथि लगायत सम्पूर्णलाई कोषाध्यक्ष नम्रता ठाकुरले शब्दद्वारा स्वागत गरेकी थिइन् । उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिने अतिथिहरुमा दिनेश पौडेल, सौरभ शर्मा, रामचन्द्र पौडेल र सहायक प्रधानाध्यापक सरिता कार्कीले मन्तव्य दिएका थिए ।
उक्त कार्यक्रममा विभित्र लयका कविता, मुक्तक र कोपिला वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरुमा अंकित यादव, रितिका थापा, प्राची सुवेदी, रितिशा अर्याल, विद्या साह, केसर मगर, श्रवण मण्डल, राजन पौडेल, सुप्रिया बस्नेत, सौरभ शर्मा र रामचन्द्र पौडेलले वाचन गरेका थिए ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष सुप्रिया बस्नेतले सहभागी अतिथि लगायत सम्पूर्णमा हार्दिक धन्यवाद दिदै कार्यक्रम समापन गरेकी थिइन् । कार्यक्रम जनता मा वि गौरीडाँडा बर्दिबास -३ महोत्तरीको सभाहलमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्