छन्देले ल्याए व्यङ्ग्यको गाइजात्रा
विगत दुई दशकदेखि निरन्तर कलाकारितामा सक्रिय हास्यकलाकार गोपाल ढकाल (छन्दे)ले आफ्नै युट्युब च्यानल छन्दे ईन्टरटेन्मेन्ट मार्फत २०८१ सालको गाईजात्रे कोशेली गठबन्धनका राजाहरु ल्याएका छन् ।
गोपाल ढकाल छन्दे नक्कली शेरबहादुर देउवा र सुरेश तिमल्सिना नक्कली के पी शर्मा वलीको चरित्रमा देखिएका छन् । देश गणतन्त्रसम्म आईपुग्दा धेरै दलहरु बने। सत्तामा रहन नेताहरुले अनेक बहाना बनाए, एक अर्कामा उचाल्ने पछार्नेदेखि सदन घेर्ने, सदन विघठन गर्ने सम्मका कामहरु भए । एक अर्कामा आरोप, प्रत्यारोप गर्दै पुन: मिल्ने अर्थात जुट्दै फुट्दै फेरी जुट्दै । जनता भन्दा धेरै कार्यकर्ता रहेको र समसामहिक विषयलाई उठान गरि राजनीतिप्रति व्यंग्य गरिएको गाईजात्रा गठबन्धनका राजाहरुलाई छोटो समयमै धेरै दर्शकहरुले मनपराउनुभएको छ ।
![]()
राजा प्रताप मल्लको पालादेखि शुरु भएको गाईजात्रालाई पर्वको रुपमा लिईन्छ । हास्यकलाकारहरुले गाईजात्राको अवसरमा विभिन्न विकृति, विसंगतिमा आफ्नो अभिव्यक्ति मार्फत् व्यंग्य प्रस्तुत गर्दछन् । विभिन्न विषयको चिरफार गर्दछन् तर वर्तमान माहोलमा हास्यकलाकारहरुले भन्दा धेरै दैनिकजसो नेताहरुले गाईजात्रा देखाएका छन् भन्ने कुरालाई भिडियोमा देखाईएको छ । पहिले फुटेको बेला र अहिले जुटेको बेला गरि दुई भागमा भिडियोलाई समेटिएको छ ।
राजु तिमल्सिनाको छायांकन, गोपाल ढकाल (छन्दे) र सुरेश तिमल्सिनाको कन्सेप्ट रहेको गाईजात्रा २०८१ गठबन्धनका राजाहरुले आम दर्शकमाझ मनोरन्जन साथै राम्रो सन्देश पनि प्रवाह गरेको छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्