अलौकिक शक्तिको कथामा आधारित चलचित्र ‘रे’ असार २७ मा प्रदर्शनमा आउने
वैशाख १३ ।
काठमाडौं उपत्यकामा मनाइने जात्रा र त्यससँग सम्बन्धित अलौकिक शक्तिको कथामा आधारित चलचित्र ‘रे’ असार २७ मा प्रदर्शनमा आउने भएको छ ।
‘काठमाडौंको मुख्य जात्राको रुपमा लिइने इन्द्रजात्रालाई जोगाइ राख्ने र यो परम्परालाई अघि लैजाने पालो अब युवा पुस्ताको हो । यही कुराको कर्तव्यबोध गराउनका लागि जात्राको विशेषताबारे काठमाडौंलगायत मोफसलका नेपालीहरुलाई पनि जानकारी दिनको लागी यो चलचित्र बनाइएको हो,’ निर्देशक पौडेलले भने।
अहिले पोस्टप्रोडक्सनको काम भइरहेको यो चलचित्र काठमाडौं, भक्तपुर र ललितपर जिल्लामा हुने तीन मुख्य जात्रामा आधारित रहेर बनाइएको निर्देशक दिनेश पौड्यालले जानकारी गराए । उनका अनुसार चलचित्रमा काठमाडौंमा मनाइने ‘इन्द्र जात्रा’ लाई पनि समेटिएको छ ।
चलचित्रले सामाजिक सन्देश दिने र जात्राका कारण निम्तिने पक्षहरुलाई देखाउन खोजिएको छ । सगुन फिल्मसको ब्यानरमा निर्माण भइरहेको यो चलचित्र हलसम्म पुग्दा कुल लागत सवा करोड पुग्ने निर्माण पक्षको अनुमान छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #चलचित्र ‘रे’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्