Techie IT
मंगलबार, माघ २९,२०८१

शारीरिक शोषण गरेको भन्दै नायिकाले दिइन मुद्धा


लसएञ्जलस । हलिउड अभिनेता जोनी डिप अचेल पूर्वपत्नी एम्बर हर्डलाई लिएर आलोचनाको सिकार भइरहेका छन् । केही समयअघि पूर्वपत्नी एम्बरले डिपले आफूमाथि शारीरिक तथा मानसिक शोषण गरेको आरोप लगाउँदै मानहानिको मुद्दा दर्ता गरेकी थिइन् ।

एम्बरको वकिलले डिपले एम्बरमाथि घरेलु हिंसाका साथै सार्वजनिक रूपमै शोषण गर्ने कोसिस गरेका थिए । पश्चिमी मिडियाका अनुसार त्योभन्दा अगाडि पनि एम्बरले डिपले आफ्नो औँला भाँचिदिएको आरोप लगाएकी थिइन् । डिपले आफूलाई ५५ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने माग एम्बरले राखेकी थिइन् ।

अहिले एम्बरले दर्ता गरेको मुद्दाअनुसार सन् २०१३ मा डिपले उनलाई पिट्नुका साथै उनका सामान पनि जलाइदिएका थिए । साथै, सन् २०१४ मा डिपले एम्बरमाथि नराम्रो व्यावहार गरेका थिए ।

एम्बरले डिपसँग आफूले गरेको च्याटको स्क्रिनसट पनि अदालतमा पेस गरेकी छिन् । हुन त २०१६ मा अदालतले डिपलाई पत्नी एम्बरबाट टाढा रहनका लागि आदेश दिएको थियो ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #शारीरिक शोषण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Clear
6:42 am5:53 pm +0545