सञ्चारकर्मी पौडेलको ‘दुई एकान दुई, दुई दुना चार’ सार्वजनिक
काठमाडौं। सञ्चारकर्मी विष्णुमाया पौडेल र चर्चित गायक डिजराज पौडेलको आवाज रहेको ‘दुई एकान दुई, दुई दुना चार’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै म्युजिक भिडिओ सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गायिका तथा सञ्चारकर्मी पौडेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । उनले गीत तथा म्युजिक भिडियोको क्रममा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।
गीतमा गायिका विष्णुमाया पौडेल र चर्चित गायक दिलराज पौड्यालको आवाज रहेको छ । गीतमा शब्द तथा संगीत पौड्यालको रहेको छ । छायांकन र सम्पादन बाल कुमार मगरले गरेका छन् भने भिडियोको निर्देशन कपिल कार्कीले गरेका छन् ।
म्युजिक भिडियोमा वरिष्ठ समाजसेवी भद्र कुमारी घले, अन्जली अधिकारी, सुधीर श्रेष्ठ, लोमस शर्मा, विष्णुमाया पौडेल, घनश्याम र आशिका बस्नेतको अभिनय रहेको छ । कार्यक्रमको आयोजना सहरा महिला समाजले गरेको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #विष्णुमाया पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्