गायिका अञ्जु पन्त ‘बाइबल’ बोकेर बारा छिरेकै हुन् ?
काठमाडौं । गायिका अञ्जु पन्त राहतका सामग्रीका साथ क्रिश्चियन धर्मग्रन्थ बाइबलका बन्डल बोकेर हावाहुन्डरी पीडित जिल्ला बारा र पर्सा पुगेको बताइएको छ ।
पीडाको आहतमा रहेका फेटालगायतका बासिन्दालाई अहिले राहत बाँड्न विभिन्न संस्था र व्यक्ति पुगिरहेका बेला पन्त पनि पुगेकी हुन् । उनले राहतका सामग्रीसँगै धर्म प्रचारमा पनि सक्रियता देखाएको आशंका गरिएको छ ।
पन्तले हिन्दुबाट धर्मान्तर गरि क्रिश्चियन स्वीकार गरेकी थिइन् । हिन्दु धर्मको विरोध गरी गीत गाएको भन्ने आरोपको सामना उनले गर्न परेको थियो ।
‘उनको गाडीमा राहतका सामग्रीसहित दर्जनौ बाइबलका किताब पनि रहेको थियो’, पन्तलाई देख्नेहरूले भने,‘पीडितलाई यतिबेला राहत चाहिएको मौकामा धार्मिक अभियान पनि हुनसक्छ ।’
त्यसो त क्रिश्चियन धर्म प्रचारक भनी बुझिएको परिवार दललले उक्त घटनाको केही घन्टामा नै ५० हजार नगद सहयोगको घोषणा गरेको थियो । त्यस दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले राहत घोषणा गरेको थियो । पन्त ढकालको दलका कार्यक्रम र अन्य अभियानका कार्यक्रममा पनि सहभागी हुँदै आएकी छन् ।
बारा र पर्साका पीडित समुदाय भने, मुस्लिम र हिन्दु रहेका छन् । मृतकको संख्या मुस्लिमको ज्यादा रहेको विवरणहरू आएका थिए । त्यसो त पन्तले पनि घटना हुनासाथ सामाजिक सञ्जालमा घाइतेको तस्बिर राख्दै लेखेकी थिइन्,‘सबैजना उद्दारमा लागौं, सहयोगमा जुटौं ।’
इन्सेटमा राखिएको तस्बिरमा राहतसँगै बाइबल पनि लिएर पन्त पीडितकहाँ पुगेको भनी सामाजिक सञ्जालमा बुधबार आलोचना पनि भएको छ । सत्तारुढ, प्रपितपक्षी र कतिय आम साधारणले पनि उनको आलोचना गरेका छन् ।
तर पन्तले इन्सेटको तस्बिर भने केही महिना अघि कापीकलम बाँडेको भनेर फेसबुकमा पोस्ट गरेकी थिइन् । तस्बिर पुरानो भए पनि उनलाई बारामा भने देखिएको बताएका छन् ।
यसैबीच, राप्रपा अध्यक्ष कमल थापाले पनि पन्तको उक्त तस्बिरबारे धर्मप्रचारको विषयलाई लिएर टिप्पणी गरेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #अञ्जु पन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्