लक्ष्मण चापागाईँको नयाँ लोक दोहोरी गीत ’चिल गाडी सार्वजनिक
वैदेशिक रोजगारीमा हिँडेको युवकले आफ्नि श्रीमतीसँग गरेका सम्वाद र साटेका अनुभूतिलाई ’चिल गाडी’ गीतले समेटेको छ । गायक लक्ष्मण चापागाईँले नयाँ लोक दोहोरी गीत ’चिल गाडी’ सार्वजनिक गरेका छन् । हुर्केका छोराछोरीको लालनपालनको जोहो र बढ्दो ऋणबाट मुक्तिका लागि विदेश हिँड्न ठिक्क परेको युवाको कथा गीतमा छ । हवाईजहाज चढेर विदेश हिँड्ने तयारीमा रहेको नेपाली युवकको अनिश्यचलाई ’चिल गाडी’ को विम्बबाट सजीव रुपमा उतारिएको छ ।
रत्यौली मूलतः बिहेका दिन बेहुली लिएर जन्ती नफर्किउन्जेल बेहुलाको घरमा महिलाहरूले मनोरञ्जनका लागि गाउने गीतिभाका हो । आफ्नै शब्द तथा संगीत रहेको रत्यौली भाकाको यो गीतमा चापागाईँलाई स्वरमा विमला गैरेले साथ दिएकी छन्। सजिना लामिछाने, रुपक लुइटेल, रबिना भण्डारी, मनिसा ढकाल र बालकलाकार पलपल चापागाईँको अभिनय रहेको गीतको भिडियोको निर्देशन शिभन पोखरेलले गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #चिल गाडी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्