ड्रिम गर्लको ट्रेलरमा लभ र कमेडीको रिमिक्स

प्रेम कथानक सिनेमा ड्रिम गर्लको ट्रेलर सार्वजनीक गरिएको छ। ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको मंगलबार राजधानीमा प्रेसमिट गरि ट्रेलर देखाइएको हो। मंसिर ७ गते प्रदर्शन हुने सिनेमाको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, एक्शन र सेन्टिमेन्ट्सको मिश्रण छ।
ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक ऋषिराजले पूर्ण मनोरञ्जक फिल्म बनाउने कोसिस गरेको बताए। निर्माता अर्जुन शर्माले अधिक राम्रो फिल्म बनाएकाले सबैको साथ पाउने बिश्वास ब्यक्त गरे। अभिनेता आकाश श्रेष्ठले ड्रिम गर्ल बिगतका फिल्मभन्दा भिन्न भएकाले दर्शकले मन पराउने दाबी गरे भने यही सिनेमाबाट डेब्यु गरेकी अभिनेत्री आश्मा गिरीले ठूलो पर्दाको आफ्नो पहिलो पाइला सफल हुनेमा ढुक्क रहेको बताइन्। उनले ड्रिम गर्लले फिल्म उद्योगमा स्थापीत गर्ने बिश्वास ब्यक्त गरिन्। अर्की अभिनेत्री पूजा पराजुलीले सिनेमाले दर्शकलाई खुशी बनाउनुका साथै आफ्नो कामको मुल्यांकन गर्ने आश ब्यक्त गरिन्।
दुई करोडभन्दा बढी लगानीमा बनेको सिनेमामा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन्। निर्देशक ऋषिराज स्वयम्का साथ अर्जुन शर्मा र रामेश्वर धिताल निर्माता रहेको सिनेमाको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ। कार्यक्रममा रिल एण्ड रियल सिनेमाका प्रमुख एन्टो रोचा पनि उपस्थिति थि । दक्षिण भारतमा केही सिनेमा निर्माण गरेका एन्टोले नेपाली सिनेमा निर्माणलाई निरन्तरता दिने बताए। सोही कार्यक्रममा ऋषिराजको निर्देशनमा बन्ने नयाँ दुई सिनेमाचुरीफुरी र द्रौपदीको समेत घोषणा गरियो।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #ड्रिम गर्ल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्