परिवारिक टेलिसिरियल हाम्रो जिन्दगी अब नेपाली दर्शक माझ
रामेश्वर ढकाल
परिवारिक टेलिसिरियल हाम्रो जिन्दगी नेपाली दर्शक माझ जनता टेलिभिजन मार्फत प्रसारणमा आएको छ ।
रिक्वष्ट मिडियाको प्रस्तुती रहेको यो सिरियलको औपचारिक सुरुवात भएको जानकारी राजधानीमा एक कार्यक्रम गरी सिरियलका निर्देशक पुरुषोतम खतिवडाले जानकारी दिनु भएको हो । सिरियलको कथा तथा पटकथा पनि पुरुषोतम खतिवडा आफैले लेख्नु भएको हो । सिरियलमा खतिवडाले अभिनय पनि गर्नु भएको छ ।

समाजमा घटेको विकृतीलाई सिरियल मार्फत जानकारी गराउने उदेश्यका साथ हाम्रो जिन्दगी आरम्भ गरिएको सिरियलका निर्माता एवंम कलाकार लक्ष्मी बस्नेतले जानकारी गराउनु भयो । लक्ष्मी बस्नेतले सरकारी विद्यालयको शिक्षिकाको भुमिकामा अभिनय गरेका छन् ।

यो सिरियल जनता टेलिभिजनबाट हरेक हप्ताको मंगलबार राती ८ बजेर ४५ मिनेटमा प्रसारण हुने गरेको छ ।
जनता टेलिभिजनका बजार प्रमुख निमेष खनालले पारिवारिक टेलिसिरियल हाम्रो जिन्दगीमा समसामयिक विषयबस्तुलाई प्राथमिकता दिन आग्रह गरे ।
टेलिसियलको औपचारिक शुभाआरम्भको अवसरमा कलाकारलाई हौसला प्रदान गर्न दोसल्लाहा ओडाएर सम्मान गरिएको थियोे ।.jpg)
सिरियलमा वरिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेत, शारदा गिरी , देवकी पोखरेल , पुरुषोतम खतिवडा ,रामबाबु रेग्मी , मुस्कान लामिछाने ,लक्ष्मी बस्नेत, रचना पौडेल , राधिका घिमिरे , सचिन राई ,टिकाराम नगरकोटी, मुकुन्द घिमिरे , जुजुभाई मर्हजन र बाल कलाकारहरु सन्जु थापा र क्रिश्चल घिमिरे लगायतका अभिनय गरेका छन साथै संचारकर्मी रामेश्वर ढकालको समेत दमदार अभिनय रहेको छ । । यसैगरी सिरियलमा समाबेश गरिएको शिर्ष गितको स्वर तथा संगितमा सचिन राई हुनु हुन्छ । गितको रचनाकारमा पुरुषोतम खतिवडाको रहेको छ ।

सिरियललाई सुधिर गुप्ताले सम्पादन गर्नु भएको छ भने छायांकनमा अमृत माली रहनु भएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रामेश्वर ढकाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्