Techie IT
सोमबार, चैत्र १०,२०८१

परिवारिक टेलिसिरियल हाम्रो जिन्दगी अब नेपाली दर्शक माझ


रामेश्वर ढकाल

परिवारिक टेलिसिरियल हाम्रो जिन्दगी नेपाली दर्शक माझ जनता टेलिभिजन मार्फत प्रसारणमा आएको छ । 
रिक्वष्ट मिडियाको प्रस्तुती रहेको यो सिरियलको औपचारिक सुरुवात भएको जानकारी राजधानीमा  एक कार्यक्रम गरी सिरियलका निर्देशक पुरुषोतम खतिवडाले जानकारी  दिनु भएको हो । सिरियलको कथा तथा पटकथा पनि पुरुषोतम खतिवडा आफैले लेख्नु भएको हो । सिरियलमा खतिवडाले अभिनय पनि गर्नु भएको छ ।

समाजमा घटेको विकृतीलाई सिरियल मार्फत जानकारी गराउने उदेश्यका साथ हाम्रो जिन्दगी आरम्भ गरिएको सिरियलका निर्माता एवंम कलाकार लक्ष्मी बस्नेतले जानकारी गराउनु भयो । लक्ष्मी बस्नेतले सरकारी विद्यालयको शिक्षिकाको भुमिकामा अभिनय गरेका  छन्  ।

यो सिरियल जनता टेलिभिजनबाट हरेक हप्ताको मंगलबार राती ८ बजेर ४५ मिनेटमा प्रसारण हुने गरेको छ ।
जनता टेलिभिजनका बजार प्रमुख निमेष खनालले पारिवारिक टेलिसिरियल हाम्रो जिन्दगीमा समसामयिक विषयबस्तुलाई प्राथमिकता दिन आग्रह गरे  ।
टेलिसियलको औपचारिक शुभाआरम्भको अवसरमा कलाकारलाई हौसला प्रदान गर्न दोसल्लाहा ओडाएर सम्मान गरिएको थियोे ।

सिरियलमा वरिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेत, शारदा गिरी , देवकी पोखरेल , पुरुषोतम खतिवडा ,रामबाबु रेग्मी , मुस्कान लामिछाने ,लक्ष्मी बस्नेत, रचना पौडेल ,   राधिका घिमिरे , सचिन राई ,टिकाराम नगरकोटी, मुकुन्द घिमिरे , जुजुभाई मर्हजन र बाल कलाकारहरु सन्जु थापा र क्रिश्चल घिमिरे लगायतका अभिनय गरेका छन साथै  संचारकर्मी रामेश्वर ढकालको समेत दमदार अभिनय रहेको छ ।  । यसैगरी सिरियलमा समाबेश गरिएको शिर्ष गितको स्वर तथा संगितमा सचिन राई हुनु हुन्छ ।  गितको रचनाकारमा पुरुषोतम खतिवडाको रहेको छ ।

सिरियललाई सुधिर गुप्ताले सम्पादन गर्नु भएको छ भने छायांकनमा अमृत माली रहनु भएको छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रामेश्वर ढकाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:01 am6:18 pm +0545