निफको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड ‘डिक्सनरी’ भारतलाई
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा ७ राष्ट्रिय अवार्ड र एक अन्र्तराष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।
गत बैशाख २३ देखि २७ गतेसम्म भर्चुअलको माध्यमबाट सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल निफको पुरस्कार वितरण कोरोनाको कारण अनलाइनबाट विजेता घोषणा भएपनि पुरस्कार बितरण बाँकी रहेको निफको आइतवार विजेतालाई पुरस्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानले यो वर्षको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड ‘डिक्सनरी’ भारतलाई प्रदान गरेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मितर्फ दोन्डुप टेसरिङले निर्देशन गरेको ‘आमा कान्दो’ नामक चललित्रलाई प्रदान गर्नुभयो ।
‘आमा खान्डो’ ले एकलाख नगद राशीको स्वदेशी फिचर फिल्मतर्फ पुरस्कार पाउदा यही फिल्मबाट डान्डुप छिरिङले उत्कृष्ट निर्देशक अवार्ड पाएका छन् ।
त्यस्तै, फिल्म ‘लाटकोसेरो’बाट उत्कृष्ट नायक–नायिका अवार्ड नविन शिल्पकार र सरिता गिरीले लिएका थिए ।
फिचर फिल्मतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’बाट सर्जियो बासोले पाए भने प्यानडेमिक डकुमेन्ट्रतर्फ ‘सिभिल सोल्जर्स’ ले ५० हजार राशीको अवार्ड फिल्मका निर्देशक गणेश पाण्डेले लिएका थिए ।
५० हजार राशीकै राष्ट्रिय सर्ट फिल्मको अवार्ड भने राजेशप्रसाद खत्री निर्देशित ‘अ स्केयरक्रो’ ले पाएको छ ।
पाँच अन्तर्राष्ट्रिय अवार्डमध्ये एक आइतबार प्रदान गरिएको र बाँकी कुरियर मार्फत् पठाइएको आयोजक पक्षले जानकारी दिएको छ ।
कार्यक्रममा आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले पाँचौं संस्करणको निफको आवेदन समेत खुल्ला भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।
उनले यो पटक आउँदो चैत १० गतेदेखि १४ गतेसम्म हुने निफको पाँचौं संस्करणमा नेपाली प्रतिस्पर्धामा ५० हजार राशीको वृत्तचित्र समेत थप गरिएको जानकारी दिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निफको पुरस्कार वितरण
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्