मोतिराज खनाल र चुमान काउछाको तिज गीत ‘जम्काभेट’ विमोचन
काठमाडौँ १७ साउन । मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’को विमोचन गरिएको छ । जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
उनले पछिल्लो सयम विकृतिजन्य गीतहरु बजारमा आइरहेका भन्दै ति गीतहरुलाई सरकारले नियमन गर्नुपर्ने बताए । महासंघकका महासचिव प्रेमनाथ अधिकारीले भाषा,कला संस्कृतिको विकास, संवद्र्धन,र उत्थानमा महासंघले निरन्तर काम गरिरहेको भन्दै श्रृष्टाको वृतिविकास र सम्मानमा कुनै कमि नराखिने बताए । नेकपा एमाले अर्घाखाँची– काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष विशाल मिश्रले खनाल कुशल कलाकारको रुपमा स्थापित भइसकेको भन्दै आगामी दिनमा अझै उत्कृष्ट खालका प्रस्तुतीहरु पस्कनुपर्ने बताए । समाजसेवी ऋषिराम भुसालले राज्यले कलाकारहरुलाई उचित ढङगले सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रमा योगदान गर्ने करिव एक दर्जन व्यक्तिलाई सम्मान गरिएको छ । गीतमा खनाल, काउछा र आशा बिसीको स्वर रहेको छ । लय,शब्द खनालकै रहेको छ भने एरेन्ज काउछाले गरेका छन् । गीतको भिडियो निर्देशन सुमन सागरजंग केसीले गरेका छन् । भिडियोमा निर्देशक केसी, बबिता श्रेष्ठ, सौगात मिश्र, काफिया ढकाल, केशव पाण्डे र गायक खनालले समेत अभिनय रहेको छ ।
गीतलाई मञ्जरी क्रियशन युटुव च्यानलबाट बजारमा ल्याइएको हो । खनालका यस अघि ‘जुनीजुनी सँगै बाचांैला’, ‘ऋण बढेर दोब्बर भैसक्यो’, ‘सँगै सुते लाग्छ गोडामा’, ‘लाली गुराँस फुल्यो मायालु’, ‘क्या राम्री पुतली’, ‘मामा घर’, ‘सधै तमासा’ ‘के जवाना आयो बरिलै’ बजारमा आएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मोतिराज खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्