Techie IT

मनोरञ्जन/साहित्य

‘जलाकी’को बुकिङ खुल्यो

‘जलाकी’को बुकिङ खुल्यो

काठमाडौँ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’ को अग्रिम टिकट बुकिङ खुलेको छ ।

देशकै ठूलो मल्टिप्लेक्स सिनेमा हल ब्युएफएक्स चेन, आइएनआइ सिनेमाज, वान सिनेमाजलगायतले आज बुधबारदेखि नै सिनेमाको बुकिङ खुलाएका हुन् ।

क्युएफएक्सले प्रारम्भिक बुकिङमा उपत्यका र उपत्यका बाहिर गरी २७ सो दिएको छ । अन्य हलले भने बुकिङ खुलाउन बाँकी छ ।

फिल्मले मंगलबार सेन्सर बोर्डबाट पनि युनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्सरका सदस्यहरूले पनि सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक मगरले बताएका छन् ।

फिल्ममा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन् । उनीहरूसँगै सिनेमामा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गरुङ, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहेको छ । आउँदो मंसिर ४ गतेबाट फिल्म प्रदर्शनमा आउँदै छ ।

कमेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्